अमेरिकामा तीन पत्रकार सम्मानित

अमेरिका, बैशाख २४ । अमेरिकाको बोष्टनबाट बीमा ठगीबारे निरन्तर समाचार लेख्ने तीन पत्रकार तथा लेखकलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सम्मानित गरेको छ
नेजाले सामुदायीक पत्रकारिता पुरस्कारबाट लेखक शिव प्रकाश र पत्रकारद्वय दिनेश कार्की र मनोज अधिकारीलाई १ हजार १ सय ११ डलर राशीको पुरस्कारबाट सम्मानित गरिएको हो ।
सम्मानित पत्रकारले पुरस्कार रकम चितवनको सानो घर नामक संस्थालाई सहयोग स्वरुप दिने घोषणा गरेका छन् ।
शनिबार भर्जिनियाको मनाससमा आयोजित साधारणसभामा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले चेक तथा प्रमाणपत्र हस्तान्तरण गरे । व्यक्तिगत लाभका लागि समाचार लेख्ने वा नलेख्ने वर्गबाट नेपाली पत्रकारिता कमजोर बन्दै गएकोमा लेखक शिव प्रकाशले चिन्ता प्रकट गरे ।
अमेरिकाको नेपाली समुदायमा बीमा ठगीसम्बन्धी समाचार लेखेबापत शनिबार भर्जिनियामा पुरस्कृत भएपछि उनले खराब प्रवृत्तिविरुद्ध सधंै कलम चलाउने प्रतिवद्धता जनाए ।
गतवर्षको फागुनमा प्रकाशित अमेरिकामा नेपालीले धमाधम बिमा रद्द गर्दै शीर्षकको समाचारलाई तीन सदस्यीय छनौट समितिले उत्कृष्ट ठहर गरेको थियो । राजेश मिश्रको संयोजकत्वमा गठित समितिमा सञ्जय घिमिरे र कमला थापा थिए । समाचार प्रकाशित भएपछि पीडितहरुले बीमाका पोलिसीहरु धमाधम रद्द गर्दै सम्बन्धित निकायमा ठगीमा परेको भन्दै उजुरी दिएका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार योगेश उपाध्याय, पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेललगायत झण्डै एकसयको हाराहारीमा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000