संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !

काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान दिवसको तेस्रो दिनको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित हुनेछन् । उनी ३ असोजमा टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा सहभागी भई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् ।

सभामुख ओनसरी घर्तीसमेत आइतबार कार्यक्रममा सहभागी भएपछि अन्य दुई दिनका औपचारिक कार्यक्रममा देखिने छैनन् । राष्ट्रपति र प्रधानन्यायाधीश भने तीन दिनकै औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । संविधान दिवसका अवसरमा संसद् सचिवालयले आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा संसद् सचिवालयले संविधान दिवसलाई विशेष दिवसका रूपमा मनाउन लागेको हो । संविधान घोषणा भएको दिनको अघिल्लो दिन संसद् सचिवालयले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा करिब २५ सय मानिसलाई निमन्त्रणा गरिएको छ । सो कार्यक्रममा सभामुख ओनसरी घर्तीले संक्षिप्त मन्तव्य दिने कार्यक्रम छ । कार्यक्रममा सहभागीलाई दिउँसो ३ बजेभित्र संसद् भवन बानेश्वरमा उपस्थित भइसक्न सचिवालयले आग्रह गरेको छ । सभामुखले संक्षिप्त सम्बोधन गरेपछि चियापान कार्याक्रमको आयोजना गर्ने गरी कार्यक्रमको तयारी सचिवालयले गरेको छ । सभामखु र संसद्का महासचिव सो कार्यक्रमपछि साताव्यापी चीन भ्रमणमा जान लागेकाले संविधान घोषणा भएको अघिल्लो दिन नै सचिवालयले कार्यक्रम राखेको स्रोतले बतायो ।

सम्बन्धित समाचार

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य

gold

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए ।…

‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

Minister for Peace and Reconstruction Sita Devi Yadav

काठमाडौँ, २ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको बिकल्प…

के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा ?

Pm-delhi

नयाँ दिल्ली, २ असोज । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध…

दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

ticket

काठमाडौँ, २ असोज । दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000