राजस्व सङ्कलनमा वृद्धि

काठमाडौँ भदौ १५ । आव २०७१/७२ मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारणमा गत वर्षको सोही अवधिको तुलनामा १३।७३ प्रतिशतले वृद्धि भएको छ ।

अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा आव २०७१/७२ को आजको वार्षिक समीक्षा बैठकले राजस्व सङ्कलनमा प्रगति हासिल गरेको जनाएको हो । आव २०७१/७२ का लागि रु चार खर्ब २२ अर्ब ९० करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारण गरिएकामा रु चार खर्ब पाँच अर्ब ८४ लाख राजस्व सङ्कलन गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुल राजस्व सङ्कलनमध्ये कर राजस्वबापत रु तीन खर्ब ५५ अर्ब ९४ करोड २९ लाख र गैरकर राजस्वतर्फ रु ४९ अर्ब ९० करोड ३५ लाख सङ्कलन भएको छ, जुन कुल राजस्व सङ्कलनको क्रमशः ८८।३२ प्रतिशत र ११।६८ प्रतिशत रहेको छ । आव २०७१/७२ मा मुख्य शीर्षकको वार्षिक राजस्व अवस्थालाई विश्लेषण गर्दा मूल्य अभिवृद्धि करको योगदान २७।६९ प्रतिशत, भन्सार महसुलको योगदान १८।४० प्रतिशत, आयकरको योगदान २१।८० प्रतिशत तथा अन्तःशुल्कको अंश १३।१९ प्रतिशत र गैरकर राजस्वको अंश १२।३० प्रतिशत रहेको छ ।

सोही आव २०७१/७२ मा भन्सार महसुल रु ८० अर्ब ६६ करोड ९२ लाख सङ्कलन भएकामा सोही आवमा रु ७४ अर्ब ६७ करोड १० लाख सङ्कलन भई १० प्रतिशतको वृद्धिदर कायम भएको छ । त्यस्तै आव २०७१/७२ मा मूल्य अभिवृद्धि कर रु १२१ अर्ब ७३ करोड सात लाख सङ्कलन भएकामा सोही आवमा रु एक खर्ब १२ अर्ब ३७ करोड ७३ लाख सङ्कलन भई १२।३० प्रतिशतको वृद्धिदर कायम भएको छ ।

सो अवसरमा विभागीय प्रमुख र काठमाडौँ उपत्यकास्थित कार्यालयका प्रमुखलाई निर्देशन दिँदै अर्थमन्त्री डा महतले मूल्य अभिवृद्धिकरतर्फ बिलिङलाई प्रभावकारी बनाउन, इलेक्ट्रोनिक क्यास मेसिनको कार्यान्वयन गर्न र भन्सार मूल्याङ्कनमा सुधार गरी करदाता शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय योजना अयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राजस्व सङ्कलनका लागि सकारात्मक सन्देश प्रवाह हुनुपर्ने र कर सहभागिताका लागि सरल पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले कार्य क्षमता अभिवृद्धि गरी राजस्व सङ्कलनमा लक्ष्य हासिल गर्न विभागीय प्रमुख तथा कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । रासस

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000