मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

काठमाडौं, जेठ २१–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल (महन्थ–राजेन्द्र पक्ष)का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्ता साझेदार बनाएका हुन् ।

यसैगरी उनले मौजुदा मन्त्रिपरिषदका १२ जनालाई बिदा गरेका छन् । बिदा हुनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री छन् ।

प्रधानमन्त्री ओलीले तीनजनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । जसअनुसार एमालेबाट सामेल भएका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित क्रमशः अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ । यस्तै, जसपा नेपालका राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयले आफैसँग राखेका छन् ।

एमालेबाट सामेल गरिएका शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात र लीलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, जसपाबाट सामेल गरिएका शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी तथा सरसफाई, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार, उमाशंकर अरगरियालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सोही पार्टीका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, चन्दा चौधरीलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाकै चन्द्रकान्त चौधरीलाई ऊर्जा मन्त्रालयमा र रेणुका गुरुङलाई  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्रीको भूमिका दिइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000