संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं, बैशाख १८–देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ ।

अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् ।

केही कोभिड अस्पतालले भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै सूचनासमेत जारी गरेका छन् । गम्भीर संक्रमितका आफन्तले भेन्टिलेटर पाउन मृत्यु कि डिस्चार्ज कुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘भेन्टिलेटर पाउन त मृत्यु र डिस्चार्जमध्ये एउटा कुनुपर्ने रहेछ ।

भेन्टिलेटर नै नपाइने भएपछि निजी अस्पताल रेफर गर्नुप¥यो ।’ सबैभन्दा धेरै बाग्मती प्रदेशमा आईसीयूमा १ सय ४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत छन् । प्रदेश एकमा ४० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा नौ जना आईसीयू र दुइ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ८४ जना आईसीयू र २० जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २७ जना आईसीयू र सात जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २२ जना आईसीयू र सात जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्तमान स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेको भन्दै सचेत रहन आमसर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शøया उपलब्ध नहुने अवस्था आइसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले संक्रमण फैलिने दर डरलाग्दो गरी अघि बढिरहेको बताए । यो समाचार राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000