कोरिया जान अवधि थप

काठमाडौं, फागुन २४–ईपीएसमार्फत  दक्षिण  कोरिया  जान भाषा  परीक्षा  पास  गरी  बसेका  युवाका  लागि  छ  महिना  समय थप्न  कोरिया  सहमत  भएको  छ ।

यसबाट  कोरियाली  भाषा  पास गरेका  तर  कोरोनाका  कारण  कोरिया  जान  नपाएका  नेपाली  युवा लाभान्वित हुनेछन् । परिमार्जित  पूर्वप्रस्थान  अभिमुुखीकरण  तालिम  पाठ्यक्रम कार्यान्वयन  सम्बन्धमा  आयोजना  गरिएको  प्रशिक्षकका  लागि पुनर्ताजगी  तालिमको  समापन  गर्न  वैदेशिक  रोजगार  बोर्डले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा  सामाजिक  सुरक्षामन्त्री  गौरीशङ्कर  चौधरीले  उक्त  जानकारी दिएका हुन् ।

मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन  विभाग  (एचआरडी)  सहमत  भएको  पनि  जानकारी दिए ।

मन्त्री  चौधरीले  कतारसँग  हालको  सम्झौतालाई  संशोधन गरी जीटूजीमार्फत श्रमिक पठाउनका लागि नेपालका लागि कतारी राजदूतसँग छलफल भएको र यसमा विषयमा राजदूत सकारात्मक भएकोसमेत जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000