उधारो सपना बाँडेर चुनाव जितेपनि नेकपालाई दुई तिहाई जनमत घाँडो भयो : काँग्रेस नेता जोशी

पर्वत, मंसिर २७–नेपाली काँग्रेस फलेबास–२ वडा कार्यसमिति थापाठानाको आफ्नै पार्टी कार्यालय भवन निर्माण सुरु भएको छ । शनिबार थापाठानामा आयोजित बृहत कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद जोशीले शिलान्यास गरेका हुन । भवन शिलान्यास पछिको सभालाई सम्बोधन गर्दै काँग्रेस नेता जोशीले जनतालाई उधारो सपना बाँडेर चुनाव जितेपनि जनताले दिएको दुईतिहाई जनमत नेकपालाई घाँडो भएको वताए ।

नेता जोशीले जनताले शान्ति, स्थायित्व र सुशासनका लागि भनेर नेकपालाई भोट दिएको भएपनि त्यो भोटलाई केपी ओली नेतृत्वको सरकारले मजाक बनाएको आरोप लगाउँदै देशलाई कम्युनिष्टहरूले भ्रष्टाचार, अशान्ति र अपराधको अखडा बनाएको दाबी गरे । ‘देशमा काँग्रेस सकियो भनेर बोल्दै हिँड्ने केपी ओलीको अहंकारको कारणले नेकपा स्वयं समाप्तीको बाटोतिर अग्रसर भएको छ, नेकपा आफ्नै कारणले सकिँदैछ, यो बेला काँग्रेस कार्यकर्तालाई थप उत्साहित बनाउँ, संगठन बलियो बनाउँ’–नेता जोशीले भने ।
पर्वत काँग्रेसलाई सबैभन्दा शक्तिशाली बनाएर मात्र आफूले राजनीतिबाट विश्राम लिने वताउँदै काँग्रेस बलियो बनाउने आफ्नो अभियानमा सहयोग गर्न सबै कार्यकर्तालाई जोशीले आग्रह गरे । उनले काँग्रेसमा लागेका कारणले कोही कार्यकर्ताहरूले हिनताबोध नगर्न सुझाव दिँदै काँग्रेसमाथि आक्रमण हुँदा सबैभन्दा पहिले त्यसको प्रतिकार गर्न आफू तयार रहेको बताए । काँग्रेस नेता जोशीले कम्युनिष्ट सर्वसत्तावादको विरूद्धमा देशभर जनमत बढ्दै गएको दाबी गर्दै जनताले काँग्रेसको आवश्यकता महशुस गरेको बेला काँग्रेसले आफूभित्रको आन्तरिक एकतामा थप बलियो बनाउनुपर्ने भनाई राखे ।
काँग्रेस नेता जोशीले पार्टीको संगठन विकास सँगसँगै पार्टीको संस्थागत र भौतिक विकास पनि अपरिहार्य भएको वताउँदै भौतिक विकासका लागि थापाठाना काँग्रेसले देखाएको सक्रियता र क्रियाशीलता प्रशंसनीय भएको दावी गरे । उनले यो भवन शिलान्यासबाट जिल्लाका अरू धेरै वडामा पार्टी कार्यालय भवन निर्माणका लागि प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले पार्टीमा अनुशासनहीनता बढ्दै गएको वताउँदै पार्टीको संस्थागत विकासमा अवरोध सिर्जना गर्ने र संगठनको मर्यादा बिर्सेर अनर्गल कुरा गर्दै कार्यकर्ताको मनोबल घटाउने व्यक्तिहरूलाई कार्यकर्ताले नै दण्ड दिने चेतावनी दिए । ‘पदीय हैसियत बिर्सेर संगठनको विरूद्धमा बोल्दै नहिँड्नोस, विरोधका लागि बिरोध गरेर संगठन बन्दैन, बरू कार्यकर्ताको मन बिभाजन हुन्छ’–पार्टी सभापति भुसालले भने । सभापति भुसालले जिल्लामा निर्माण हुन लागेको वीपी स्मृति भवनको लागि असहयोग गर्ने र अफवाह फैलाउनेलाई सबैले पहिचान गर्नुपर्ने धारणा राखे ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति एवं प्रतिनिधि सभाका सदस्य लालकाजी गुरूङले प्रतिवन्धित अवस्थादेखिनै आफूले नेपाली काँग्रेसको संगठन निर्माणका लागि समर्पित भएको दावी गर्दै ठूलो त्याग र दुखका साथ निर्माण गरेको काँग्रेसलाई एकतावद्ध बनाएर कम्युनिष्ट ज्यादतीको विरूद्धमा क्रियाशील हुन सबैलाई सुझाव दिए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङले कम्युनिष्टहरूको शब्दकोषमा राष्ट्रियता र लोकतन्त्र भन्ने शब्दावली नहुने वताउँदै नेपालका कम्युनिष्टहरुले नक्कली राष्ट्रवादको मुकुण्डो ओढेर जनतालाई झुक्काएको दाबी गरे । उनले कम्युनिष्टलाई सत्ता सुम्पिनु भनेको चोरलाई चाबी दिनुसरह भएको समेत बताए ।

त्यसैगरि नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष एवं काँग्रेसका युवा नेता विद्वान गुरूङले लोकतन्त्रमाथि खतरा बढेकोले लोकतन्त्रको संरक्षण र जनताको अधिकारको रक्षाको लागि कांग्रेस एकढिक्का भएर कम्युनिष्ट सर्वसत्तावादविरूद्ध आन्दोलन गर्नुपर्ने वेला आएको धारणा राखे ।
कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सचिव अशोक उचै ठकुरी, नेपाली काँग्रेस प्रचार विभागका केन्द्रीय सदस्य एवं महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, प्रदेश सभा सदस्य ललितकला गुरूङ, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, नेपाली काँग्रेसका नेता राम शर्मा पौडेल, नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, नेपाली काँग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी, भवन निर्माण समितिका मूल संयोजक अमरबहादुर भण्डारी, जग्गादाता गुमानसिंह थापा, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेस महिला विभागका केन्द्रीय सदस्य रेखा गुरुङ, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य डाक्टर चूडामणि शर्मा, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासु, आमन्त्रित जिल्ला सदस्यहरू देवीप्रसाद विलासी, परशुराम पुरी, अर्जुनबहादुर कार्की, र प्रमोद पाण्डे, नेपाली काँग्रेस फलेवास नगरपालिकाका नगर सभापति हिरामणि सापकोटा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पर्वत उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष शिब शर्मा पौडेल, नेपाल भूतपूर्व सैनिक संघका जिल्ला अध्यक्ष खड्कबहादुर कार्की, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष आरसी पौडेल, नेपाल दलित संघ पर्वतका अध्यक्ष शिव परियार, नेपाल तरूण दल फलेवास नगरपालिकाका अध्यक्ष दिनेश लामिछाने, नेपाल विद्यार्थी संघ फलेवास नगरपालिकाका अध्यक्ष सन्तोष पाठक, थापाठाना माविका प्रधानाध्यापक विष्णुप्रसाद शर्मा र स्थानीय युवा राजेन्द्रकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
नेपाली काँग्रेसका जिल्ला सदस्य एवं थापाठानाका वडा सभापति थमानसिंह थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस यातायात व्यवस्था विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुवेदीले राखेका थिए ।

कार्यक्रमको संचालन विद्यार्थी नेता रमेश थापाले गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य भवन निर्माण समितिका सचिव पूर्णबहादुर भण्डारीले राखेका थिए । उक्त भवन निर्माणका लागि गुमानसिंह थापाले आठ आना तीन पैसा जग्गा निःशुल्क उपलब्ध गराएका हुन । उनलाई कार्यक्रमका नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । शिलान्यासको दिनमात्रै भवन निर्माणका लागि १२ लाख ५० हजार रूपैयाँ रकम बोलकबोल भएको भवन निर्माणका अभियन्ता तथा नेपाली काँग्रेस यातायात व्यवस्था विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुवेदीले जानकारी दिए ।

यसैगरी कार्यक्रमकै अवसरमा नेपाली काँग्रेसका युवा नेता एवम् पर्वत प्रदेश ख का नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले एक हजार दुई सय थान मास्क नेपाली काँग्रेस फलेबास वडा नम्बर २ लाई हस्तान्तरण गरेका थिए । उक्त मास्क तिवारीले वडा सभापति थमनसिंह थापालाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000