पर्वतको जलजलामा १० शैयाको अस्पताल भवन शिलान्यास

 

 
पर्वत । पर्वतको जलजला गाउँपालिकामा दश शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३ स्थित माझफाँट स्वास्थ्य चौकी परिसरमा १० शैयाको अस्पताल निर्माण गर्न लागिएको हो ।

अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले एक कार्यक्रमका बिच सोमबार शिलान्यास गर्नुभएको हो । उहाँले अस्पताल निर्माण संगै गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयो । समयमै भवन निर्माण सम्पन्न गर्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।

दश रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो ।

स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्ने घोषणा गरेको थियो। ५, १० र १५ सय्या अस्पताल निर्माण गर्न सरकारले देशभर एकैपटक शिलान्यास कार्यक्रम तय गरेको हो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000