अध्यक्ष मल्लसहित जलजलाका सबै जनप्रतिनिधिको दशैंभत्ता कोरोना उपचार कोषमा जम्मा

पर्वत/जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिले आफूले पाएको दशैँभत्ता कोरोना उपचारका लागि फिर्ता गरेका छन् । जलजला गाउँपालिकाको विहिवार सम्पन्न बैठकले पालिकाभित्रका ४९ जना जनप्रतिनिधिको झण्डै आठलाख रूपैयाँ कोरोना उपचारमा खर्च गर्नेगरि फिर्ता गरिएको र उक्त रकम आजै कोरोनाकोषमा जम्मा गरिएको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।

 यसैसाताबाट ‘एक घर एक पिसिआर’ अभियान सञ्चालन गरेको गाउँपालिकाले पालिकाभित्रका गम्भीर बिरामीलाई अस्पतालसम्म पुर्याउने र उपचारका लागि न्यूनतम १० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको अध्यक्ष मल्लले वताउनु भयो । ‘एक घर एक पिसिआर’ अभियानबाट पोजेटिभ रिपोर्ट आएका तर स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितलाई होम आईसोलेशनमा बस्न आग्रह गर्ने र गम्भीर अवस्थाका संक्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था गर्ने र उपचारका लागि न्यूनतम १० हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं ।’- अध्यक्ष मल्लले भन्नुभयो ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले मंगलबारदेखि नै समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारमा भने सबैको स्वाब संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँचसय जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

गाउँपालिकाले सबै गाउँपालिकाबासीलाई सो सुविधा लिन अपिल समेत गरेको छ । अध्यक्ष मल्लले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिएको दाबी गर्नुभयो । ’कोरोना महामारीको उपचारमा पनि केन्द्र सरकारले उदासिनता देखाएपछि जनतालाई सरकारको अनुभूति दिन हामीले जलजलाबाट यो अभियान सञ्चालन गरेका हौँ ।’-अध्यक्ष मल्लले भन्नुभयो ।

कोरोना महामारी विरूद्धको अभियानमा शुरूदेखि नै निकै सक्रियताका साथ लाग्नुभएका अध्यक्ष मल्ल र जलजला गाउँपालिकाको यो ‘एकघर एक पिसिआर’ अभियानको पनि सर्वत्र प्रशंसा गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000