भुकम्पको धक्का, पर्वतमा एक घर भत्कियो

पर्वत, भदौ ३१–आज बिहान गएको भुकम्पका कारण यहाँको एक घर भत्किएको छ । कुश्मा नगरपालिका वडा नम्बर–१ स्थित तल्लो पाङमा एक घर भत्किएको हो । बुधवार बिहान ५ बजेर २० मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर गएको ६ रेक्टर स्केलको भुकम्पले स्थानीय नारायण सुबेदीको कच्ची घर भत्किएको हो ।

वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको हो । पुरिएको गाईलाई भने तत्काल उद्धार गरिएको सुवेदीले जानकारी दिए । गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो । त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको सुबेदीले बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000