पर्वतमा एकैदिन २२ जना थपिए

पर्वत, असार ९–पर्वतमा एकैदिन २२ जना कोरोना संक्रमित थपिएका छन् । १७ जना भारतबाट फर्केका, एक स्वास्थ्यकर्मी र चार जना समुदायका नागरिक संक्रमित भएका हुन । थप भएका २२ जना कोरोना संक्रमित मध्ये एक जना बालक रहेका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा २१ जना र गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाण्डौमा गरिएको परिक्षणमा कुश्मा नगरपालिका १२ ठुलीपोखरीका तीन महिने बालक समेत रहेका छन । कुश्मा नगरपालिकाका ९ जना, फलेबास नगरपालिकाका सात जना तथा बिहादी, मोदी र पैंयु गाउँपालिकामा दुई÷दुई जना संक्रमित भएको पुष्टि भएको छ ।
कुस्मा नगरपालिका १२ का तीन महिने बालक, २४ बर्षिया महिला र २६ बर्षिय पुरुष, कुश्मा–८ चुवाका १७ बर्षिय पुरुष, २४ बर्षिय महिला रहेका छन । चुवाकी महिला पर्वत अस्पालमा कार्यरत स्वास्थ्यकर्मी हुन । यस्तै संक्रमित बिरामीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएका कुश्मा–३ का ३१ बर्षिया महिला, १७ बर्षिया महिला र २८ बर्षिय पुरुष र नौ बर्षिय बालक रहेका छन ।
यसैगरी फलेबास नगरपालिका ९ भंगाराका २० बर्षिय पुरुष, सोही ठाउँका ३० बर्षिय पुरुष र १८ बर्षिय पुरुष रहेका छन । फलेबास–१० ठानामौलाका २१ बर्षिय पुरुष, फलेबास–४ मुडिकुवाका २७ बर्षिय पुरुष, फलेबास–३ शंकरपोखरीका ३९ बर्षिय पुरुष र फलेबास–१० कुर्घाका २२ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बिहादी–३ रानीपानीका २३ बर्षिय पुरुष र बिहादी–६ शालिग्रामका ४५ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मोदी–८ चित्रेका ४६ र ४४ बर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । पैंयु–१ टकलाकका ३८ बर्षिय पुरुष र पैंयुँ–४ का ४३ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000