शालिजाका दुईदर्जन युवाहरु नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश

 

 नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै काँग्रेसका युवा नेता मल्लले लोकतन्त्रको संस्थागत विकास र नागरिक अधिकारको रक्षाका लागि नेपाली काँग्रेसले कोही कसैसँग सम्झौता नगरेको वताउँदै गाउँको विकास र जनताको समृद्धिका लागि कांग्रेसले पुर्ण इमानदारिताका साथ काम गर्ने दावी गर्नुभयो । मल्लले कम्युनिष्टहरूले चुनाबमा गरेको प्रतिबद्धता पुरा गर्न नसकेको कारण कार्यकर्तामा निरासा बढ्दै गएको दाबी गर्दै सस्तो लोकप्रियताका लागि गरिने अनर्गल प्रचारबाजीले कसैको पनि राजनीति दिगो नहुने वताउनु भयो । जलजला गाउँपालिकाका अध्यक्ष समेत रहेका मल्लले गाउँपालिकाबाट वितरण हुने सबै सेवासुविधामा सम्पूर्ण गाउँबासीको समान अधिकार रहेको भन्दै आफूले आस्थाका आधारमा भन्दा आवस्यकताका योजनाहरूको वितरण गरेको जानकारी दिनुभयो । अध्यक्ष मल्लले गाउँको विकासका लागि राजनीतिभन्दा माथि उठेर जलजलाको प्रगतिका निम्ति हातेमालो गर्न सबैमा अपिल गर्नु भएको थियो ।

कार्यक्रममा जलजला ४ का वडा अध्यक्ष भीष्म मल्ल, जलजला गाउँपालिकाका राजनैतिक सल्लाहकार याम शर्मा पौडेल, नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव जीतबहादुर मगर पुन, नेपाली काँग्रेस शालिजाका सभापति बलबहादुर पुर्जा लगायतले बोल्नुभएको थियो । नवप्रवेशी सबै युवाहरूले जलजला गाउँपालिकाका अध्यक्ष मल्लको कामबाट प्रभावित भएर आफूहरू नेपाली कांग्रेसमा प्रवेश गरेको वताएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000