आयुर्बेद स्वास्थ्य केन्द्रलाई काँग्रेस केन्द्रीय सदस्य जोशीले दिए स्वास्थ्य सामाग्री

पर्वत, असार ५–जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले फलेवासमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई थर्मलगन र पिपिई सेट हन्तान्तरण गरेका हुन । जोशीले शुक्रबार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीमार्फत उक्त स्वास्थ्य केन्द्रलाई दुई सेट पिपिइ र एक थान थर्मलगन प्रदान गरेका हुन ।
सवैको ध्यान सदरमुकाममा रहेको स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा गएका बेला आयुर्बेद स्वास्थ्य केन्द्रलाई उक्त सामाग्री प्रदान गरिएको हो । ‘सबैको ध्यान जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा गएको रहेछ तर जिल्ला आयुर्वेद केन्द्रमा कार्यरत रहेका स्वास्थ्यकर्मीका लागि पिपिइ सेट र थर्मलगन नपुगेको पाएपछि ब्यवस्था मिलाएको हुँ’ काँग्रेस केन्द्रीय सदस्य जोशीले भने ।
आर्युवेद अस्पतालमा पनि दैनिक विरामीहरु उपचारका लागि आउने र आवश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा बिरामीको चेकजाँचमा कठिनाई आएको गुनासो आएपछि उक्त सामाग्री सहयोग गरिएको काँग्रेस केन्द्रीय सदस्य जोशीले बताए । सो अवसरमा जोशीले जिल्लामा संक्रमितको संख्या बढ्दै गएको र स्वास्थ्यकर्मीहरुमा समेत पोजेटिभ देखिएपछि थप सचेत र सजगता अपनाउनुपर्नेमा जोड दिए । जोशीले लकडाउनलाई व्यवस्थित वनाउन, भौतिक दुरी कायम गर्न, नागरिकहरु हिँडडुल गर्दा माक्स, सेनीटाईजरको उचित प्रयोग गर्नका लागि जनचेतना फैलाउन प्रशासनलाई आग्रह गरे ।

त्यसैगरी संक्रमितको सख्ंया बढ्दै गएकोले अस्पतालको आईसोलेशन बेडको संख्या बढाउन, स्वास्थ्यकर्मीहरुलाई आवश्यक उपकरणहरु प्रयाप्त मात्रामा व्यवस्था गर्न आग्रह गर्दै कुनै समस्या परेमा आफुलाई जानकारी गराउन अनुरोध गरे । कोभिड नियन्त्रणमा नेपाली काँग्रेस पर्वत र आफु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको जोशीको भनाई थियो । उक्त स्वास्थ्य सामाग्री पर्वत घर भई काठमाण्डौमा रहेका डा.केदार सुवेदी र लेखराम गौतमको पहलमा प्राप्त भएको काँग्रेस नेता जोशीले जानकारी दिए । नेता जोशीले यस अघि पनि प्रमुख जिल्ला अधिकारी मार्फत लाखौँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि सवै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै यसको सवैभन्दा अचुक औषधी भौतिक दुरी कायम गर्नु, मास्क र स्यानिटाईजरको प्रयोग गर्नुनै उत्तम विकल्प भएको बताए । नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका डाक्टरहरु, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000