कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको काँग्रेसको दाबी, यसरी गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

पर्वत, असार २–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाममा सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा पनि जनताको स्वास्थ्यलाई ध्यान दिनुको सट्टा सरकार कोरोनाको वहानामा भ्रष्टाचार गर्न उद्दत रहेको भन्दै नेपाली कांग्रेस पर्वतले मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्वत पुगेको काँग्रेस नेता तथा कार्यकर्ताको टोलीले पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले विभिन्न माग सहितको ध्यानाकर्षण पत्र प्रजिअ रेग्मीलाई हस्तान्तरण गरेका थिए ।
प्रजिअमार्फत प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षणपत्रमा सरकारको गैर जिम्मेवारपन, अकर्मण्यता र असक्षमताका कारण मुलुकमा कोरोना भाइरसको संक्रमणले महामारी रुप लिएको, परिक्षणमा गरिएको ढिलाईका कारण संक्रमणको यथार्थ स्थिति पत्ता लगाउन गाह्रो भएको, क्वारेन्टाइनको अवस्था भद्रगोल भएको, सरकार आफैले तयार गरेको सामान्य मापदण्ड पनि क्वारेन्टाइनमा लागू नभएको, क्वारेन्टाइनमा दुई हप्ता भन्दा लामो समय बस्दा पनि परीक्षण नगरी घर पठाइएको, परीक्षण भएकाहरुको पनि १७ दिनसम्म रिपोर्ट नआउँदा अन्यौलताको स्थिति निर्माण भएको, कीटको अभावमा परीक्षण नै रोकिएकोप्रति नेपाली काँग्रेस पर्वतको गम्भीर ध्याकर्षण भएको उल्लेख छ ।
काँग्रेसले जनतालाई राहत र जीवन रक्षाको दरिलो विश्वास दिलाउनु पर्ने सरकार महामारीको अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा समेत कमिशन खाएको र चरम भ्रष्टाचारमा केन्द्रीत भएको भन्दै खेद व्यक्त गरेको छ । कोरोनाको संक्रमण र त्यसको व्यवस्थापन गर्ने काममा सरकारको उपस्थिति र योगदान नगन्य रहेको नेपाली काँग्रेसले वताएको छ । साथै सरकारले एकद्वार प्रणालीका नाममा न आफूले सहयोग गर्ने, न अप्ठ्यारोमा परेका नागरिकहरुलाई अरुलाई सहयोग गर्न अनुमति दिनेजस्तो अमानवीय काम गरेको भन्दै विरोध जनाएकोछभने सरकारहरुले राहत र सहयोगमा पनि व्यापक भेदभाव र दुरुपयोग भएको दावी काँग्रेसले गरेको छ ।
ध्यानाकर्षण पत्रमा आरडिटी परिक्षण बन्द गरी आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पिसिआर परिक्षणलाई व्यापक रुपमा विस्तार गरिनुपर्ने, असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको क्वारेन्टाइनहरुको व्यवस्था गरिनुपर्ने, विदेशबाट फर्कन चाहने नेपालीहरुलाई विना भेदभाव न्यूनतम भाडा दरमा फर्कने व्यवस्था गरिनुपर्ने, कोभिड–१९ संक्रमणको व्यवस्थापनको सन्दर्भमा सरकारीले गरेको भनिएको १० अर्ब खर्चकोे स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने र पर्वत जिल्लामै पिसिआर परिक्षण र भेन्टिलेटरको व्यवस्था तत्काल गर्न समेत माग गरेको छ । कोभिड–१९ को महामारीप्रति संवेदनशील हुन माग गर्दै नेपाली काँग्रेसले मंगलवार पर्वतसहित देशव्यापी रुपमा स्थानीय प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000