कोरोना भाइरसबिरुद्धको पूर्वतयारी र शान्ति सुरक्षाको बिषयमा प्रशासनसँग पर्वत काँग्रेसको छलफल

पर्वत, चैत ७–नेपाली काँग्रेसले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको पूर्वतयारी, रोकथाम, सचेतना र जिल्लाको शान्ति सुरक्षाको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार छलफल गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा गएको पर्वत काँग्रेसको टोलीले पर्वतमा कोरोना भाइरसबिरुद्धमा गरिएका तयारीहरु, संक्रमण देखिएमा गर्ने प्रक्रिया, औषधीको अवस्था, समस्याहरु, सचेतनाका गतिविधि र पर्वतमा गर्नुपर्ने कामका बिषयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटालगायतसंग छलफल गरेको हो ।
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले सम्भव भएमा धौलागिरीको प्रवेशद्धारका रुपमा रहेको मोदीको डिमुवामा हेल्प डेक्स स्थापना गरी त्यहाँबाट भित्रिने यात्रुको तापक्रम नाप्ने ब्यवस्था मिलाउन सुझाब दिए । उनले विश्वभर फैलिइरहेको कोरोना भाइरस जुनसुकै बेला पनि नेपालमा भित्रिन सक्ने भएका कारण यसको रोकथाम, सचेतनाका लागि सबैको उत्तिकै दायित्व रहने र नेपाली काँग्रेसले गाउँस्तरसम्म सचेतना फैलाउन लाग्ने जानकारी दिए । कोरोनाबिरुद्धको अभियानमा नेपाली काँग्रेस आवश्यक सहयोग गर्न आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरुमार्फत सचेतना फैलाएमा ग्रामिणभेगसम्मका जनता सचेत बन्ने पनि नेता जोशीले बताए । उनले जिल्लामा औषधीको अवस्था, दैनिक उपभोग्य बस्तुको अवस्थालगायतका बिषयमा पनि ध्यान दिन प्रशासनसहित सम्बन्धित निकायसमक्ष आग्रह पनि गरेका थिए ।

नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले कोरोना भाइरसबिरुद्ध कुनैपनि सहयोग चाहिएमा नेपाली काँग्रेस पर्वत तयार रहेको बताए । उनले पर्वतका सबै वडासम्म काँग्रेसले सचेतना फैलाउन आग्रह गरेको भन्दै उनले अहिलेको विश्व महामारीमा एकअर्कालाई सहयोग गर्नुपर्ने बताए । उनले पर्वतमा पूर्वतयारी, संक्रमण देखिएमा गर्ने उपचारमा कुनैपनि कमी नगराउन प्रशासन, पर्वत अस्पताल, स्वास्थ्य कार्यालयलाई आग्रह गरेका थिए ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पर्वतमा भएका पूर्वतयारी, भएका गतिविधि र समस्याका बिषयमा जानकारी गराएकी थिइन । पर्वतमा भएको स्रोत र साधनलाई अधिकतम उपयोग गरेर पूर्वतयारीको काम गरेपनि सम्बन्धित निकायमा माग गरेर पठाएका सामाग्री भने पाउन नसकेको बताइन । पर्वत अस्पतालका प्रमुख डा.देवकोटाले कोरोना भाइरसको संक्रमण देखिएमा उपचार र अस्पतालले गर्नुपर्ने आवश्यक पूर्वतयारी भएको भन्दै संक्रमण देखिदासाथ मृत्यु नै नहुने भएकोले आतंकित नबनी सचेत हुन आग्रह गरे । उनले अहिले बिषय गरी संक्रमित ब्यक्ति भेटिएमा उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पोशाकसहितको सामाग्री अभाव भएको र माग गरेपनि संघ, प्रदेशलगायतबाट प्राप्त नभएको जानकारी दिए ।
यसैबिच नेपाली काँग्रेस पर्वतले राजनीतिक आस्था र कोही कसैको दबाबमा विभेद नगर्न आग्रह गरेको छ । प्रहरी प्रशासनबाट कसैको उजुरी लिएर मुद्दा दर्ता गर्ने र कसैको उजुरी नलिने काम गर्न नहुने स्पष्ट पारेको छ । कतिपय पूर्वाग्रहका आधारमा पनि उजुरी दिने काम हुने हुँदा त्यसको सत्यता केलाउनुपर्ने पर्वत काँग्रेसका सभापति भुसालले बताए । केन्द्रीय सदस्य जोशीले प्रहरी प्रशासनले कसैको दबाब र प्रभावमा भन्दा पनि सत्यतामा रहेर काम गर्नुपर्ने धारणा राखे । प्रजिअ नेपाल र प्रहरी प्रमुख श्यामु अर्यालले जिल्लाबासीलाई आग्रह÷पूर्वाग्रह नराखी काम गर्दै आएको बताएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000