कोरोना विरुद्धको तयारी तत्काल थाल्न सांसदको निर्देशन

पर्वत, फागुन २७–विश्वका अधिकांश मुलुकमा कोरोना (कोभिड १९) भाइरस फैलिरहेका बेला यहाँ पनि फैलनसक्नेतर्फ चर्चा भएपनि जिल्लामा हालसम्म त्यसबाट बच्नका लागि पूर्वतयारी नभएको पाइएको छ । प्रतिनिधि सभा सदस्य पदम गिरीसहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमनसँगै गरिएको छलफलमा कोरोना भाइरस तत्काल देखिएपनि कहाँ राख्ने र कसरी उपचार गर्ने भन्ने सम्बन्धमा पूर्वतयारी पर्वतमा नभएको पाइएको हो । विश्वका अधिकांश मुलुकहरुमा तिब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । तर पर्वतमा हालसम्म पनि तत्काल कोरोना भाइरसको संक्रमण देखिएमा आइसोलेसन कक्ष निर्माण भएको छैन ।
चिकित्सक र स्वास्थ्यकर्मीले सावधानीका निम्ति लगाउने पोशाकसहितको सामाग्री पनि पर्वतमा नभित्रिएको पर्वत अस्पतालका निमित्त प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले फागुन २२ गते बोलाएको सर्बपक्षीय बैठकले तत्काल आइसोलेसन कक्ष बनाउने, कोरोना भाइरसबाट सतर्कता अपनाउन गाउँसम्म प्रचारप्रसार गर्ने, भिडभाड जम्मा हुने मेला महोत्सव, बिद्यालयका बार्षिकोत्सव, सभा, सम्मेलन नगर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पर्वत अस्पतालमा निर्माण हुँदै गरेको भवन पाँच दिनभित्र तयार हुने भनेपछि त्यसैमा आइसोलेसन कक्ष बनाउने भनिएपनि भवन तयार नहुँदा अर्को विकल्प खोज्नुपर्ने भएको बताइन । उनले तत्कालका लागि पर्वत अस्पतालमा कम्तीमा पनि पाँच वटा आइसुलेसन कक्ष बनाउने निर्णय भएको पनि जानकारी दिइन ।

प्रतिनिधिसभा सदस्य गिरीले हालसम्मको तयारीको बारेमा जानकारी लिदै तत्काल पूर्वतयारी थाल्न निर्देशन दिए । उनले जिल्लामा आवश्यक पर्ने पूर्वतयारीका लागि आवश्यक पर्ने सामाग्री अभाव भएमा प्रदेश र संघका मन्त्रालयसम्म आफ्नो पहल हुने पनि बताए । चीनबाट नेपाल फर्केका एक युवालाई भाइरस देखिएको पुष्टि भईसकेकाले नेपालमा यो संक्रमण फैलनसक्ने उच्च सम्भावना रहेको भन्दै गिरीले अस्पतालले विरामीको उपचारमा उच्च शर्तकता अपनाउन तयारी गर्नुपर्ने अनुगमनमा बताए । उनले विरामीलाई आवश्यक पर्ने अन्य औषधिहरु, माक्सको ब्यवस्थापन र आइसोलेसन कक्षको ब्यवस्थापनको विषयमा चासो ब्यक्त गरेका थिए ।
शंकास्पद विरामी अस्पतालमा आएमा उनीहरुको परिक्षण गर्ने र उपचार गर्ने कार्यमा अस्पतालले गरेको तयारीको विषयमा पनि गिरीको जिज्ञासा थियो । अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले माक्सको उचित प्रवन्ध अस्पतालले गरीरहेको जानकारी दिए । विरामीको परिक्षण र जाँचका लागि आवश्यक सुरक्षा ड्रेसहरु हालसम्म पनि जिल्ला उपलब्ध नभएका कारण विरामी परिक्षणका लागि भने निकै ठूलो समस्या रहेको उनले जानकारी दिए । सुरक्षा पोशाकका कारण विरामीलाई रिफर गर्नु बाहेकका विकल्प नभएको डा.देवकोटाको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पाँच दिन भित्र आइसोलेसन वार्डको ब्यवस्थापन गर्ने अस्पतालले प्रतिबद्धता जनाए पनि हालसम्म पनि वार्डको ब्यवस्थापन नभएको बताइन । अस्पतालको पुरानो भवन भत्काएर नयाँ बनाउने क्रममा रहेका कारण हालसम्म आइसोलेसन कक्षको स्थापना गर्न नसकिएको अस्पतालका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।
सम्भावित भाइरस संक्रमणबाट जोगिन स्वास्थ्य कार्यालय र अस्पतालले ब्यापक प्रचार प्रसार गर्न समेत अनुगमनको क्रममा सांसद गिरीले निर्देशन दिए ।  अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख मनोहर वि पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी नायव उपरिक्षक श्यामु अर्याल, नगारिक समाजका प्रतिनिधिहरु, जनप्रतिधि र पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000