इलाममा विश्वमै दुर्लभ जातको चिया

काठमाडौं , फागुन १५–इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो ।

वि।सं। १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ । जहाँ पहिलो पटक चिया रोपियो, त्यही बगान भने अहिले खण्डहर बन्न थालेको छ । जिल्लावासीले विगतदेखि नै यो बगानलाई चियाको अनुसन्धान केन्द्र बनाइनुपर्ने माग सरकारसँग गरेका छन् । तर, नेपाल सरकारले इलाम चिया बगानसहित सातवटा चिया बगान २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिएपछि यो चिया बगान दिनानुदिन जीर्ण बन्दै गएको छ ।

चियाको इतिहास नाशिने अवस्थामा पुगेपछि इलाम नगरपालिकाले आफ्नो छैटौँ नगर सभाबाट सरकारलाई इतिहास जोगाउन आग्रह गरेको छ । नगर सभाले चियाको इतिहास बचाउनकै लागि इलाम चिया बगान नगरपालिकालाई हस्तान्तरण गरिदिन आग्रहसमेत गरेको छ ।

आइतबार सम्पन्न नगर सभाले इलाम चिया बगानमा रहेको ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षण गर्दै चिया सङ्ग्रहालय र अध्ययनन, अन्वेषणको केन्द्रका रूपमा स्थापना गर्न नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए । डेढ सय वर्षअघि चीनबाट ल्याएर रोपिएको यहाँको चिया विश्वमै दुर्लभ हुन लागेको जात रहेको चियाविज्ञ सोनाम पाल्जोर लामा बताउँछन् । यो चियाको वैज्ञानिक नाम ‘क्यामेलिया साइनेसिस’ हो । लामाले भने, “ओरिजिनल क्यामेलिया साइनेसिसचाहिँ अहिले इलाम चिया बगानमा मात्रै छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000