गुणस्तरीय शिक्षाका लागि जलजला गाउँपालिका गम्भिर भएर लागेको छ : अध्यक्ष मल्ल

पर्वत, फागुन ५–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिका गम्भिर भएर लागेको बताएका छन् । जनकल्याण मावि नाङ्लीवाङ्को ५८ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन । शिक्षाको गुणस्तरविना समाज रुपान्तरण गर्न नसकिने वताउँदै सबै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक सुधार अभियान सुरु गरेको उनले बताए । अध्यक्ष मल्लले व्यवसायिक, युग अनुकुल र अन्तराष्ट्रिय बजारमा विक्ने खालको शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने खालको प्राविधिक शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्न विद्यालय प्रशासनलाई सुझाव दिए ।

अध्यक्ष मल्लले देशमा तिन तहको सरकारको छुट्टाछुट्टै महत्व र विशेषता भएपनि जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार नै भएकोले केन्द्र र प्रदेश सरकारको तुलनामा स्थानीय सरकार अझै बलियो बनाउनुपर्ने धारणा राखे । सरकारले निर्वाचनपूर्व गाउँ–गाउँमा सिंहदरवार भन्ने सपना जनतालाई बाँडिएको स्मरण गर्दै मल्लले साँच्चिकै सिंहदरबारको अधिकारको प्रत्याभूति जनतालाई दिने हो भने स्थानीय सरकारलाई निर्वाधरुपमा काम गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए । चुनाव लड्ने बेलामा आ–आफ्नो पार्टीबाट चुनाव लडेपनि निर्वाचन पछि सबैको स्वार्थ जनताको विकास र समृद्धि भएको वताउँदै गाउँको विकासका लागि एकता र सहकार्यको संस्कृतिलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले जलजलाको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर लागिरहेको वताउँदै गाउँपालिकाको विकासका लागि सबै जलजलाबासीको सकारात्मक सुझाव र सल्लाहको अपेक्षा समेत गरे ।

कार्यक्रममा जलजला गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष हरिविकास जिसीले स्थानीय सरकारसँग जनताको ठूलो अपेक्षा भएपनि विकास बजेट निकै कम भएका कारण जनअपेक्षा अनुसार काम गर्न कठिनाई भएको वताए । वडाअध्यक्ष जिसीले प्रदेश र केन्द्र सरकारका प्रतिनिधिहरू जलजलाप्रति अनुदार भएको गुनासो गर्दै उनीहरुको तुलनामा आफूले नाङ्लीवाङ्को विकासका लागि धेरै काम गरेको दावी समेत गरे । उनले विद्यालयको प्रगतिका निम्ति योगदान गर्ने सबैका प्रति कृतज्ञता प्रकट गरे ।
कार्यक्रममा जलजला गाउँपालिकाका गाउँ शिक्षा अधिकारी झलकनाथ आचार्य, नेकपाका जिल्ला सदस्य सोमबहादुर जिसी, नेकपा नाङ्लीवाङ्का अध्यक्ष गगनबहादुर महत, नेपाली कांग्रेस नाङ्लीवाङका सभापति रामवहादुर खत्री, विद्यालयका मानार्थ सदस्य दलबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू भीमबहादुर रेग्मी र अनिताकुमारी रेग्मी, शिब माविका प्रधानाध्यापक रत्नबहादुर केसी, विद्यालयका छात्र सागर चापागाई, कक्षा ९ का छात्रा सन्ध्या महत लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मीले विद्यालयले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य गजेन्द्रबहादुर रेग्मीले र कार्यक्रमको संचालन शिक्षक रघुनाथ सुवेदीले गरेका थिए । सोही अवसरमा विद्यालयले निर्माण गरेको नवनिर्मित तीन कोठे भवनको समेत अध्यक्ष मल्लले उद्घाटन गरे । विद्यालयमा निर्माण गरिएको चमेनागृहको वडाअध्यक्ष हरिविकाश जिसीले उद्घाटन गरेका थिए । २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल दुईसय ६५ जना छात्र छात्राले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000