पर्वतलाई उत्कृष्ट गन्तब्य बनाउने छैठौँ पर्वत महोत्सव शुरू

पर्वत, माघ १०–छैठौ पर्वत महोत्सव बिहिबारदेखि सदरमुकाम कुश्मामा सुरु भएको छ । पर्वतलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने उद्देश्य बोकेको महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे । उनले समृद्धिका लागि उद्योगधन्दा नै महत्वपूर्ण रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने धारणा राखे । उनले उद्योग धन्दा विना मुलुकमा समृद्धि नआउने भन्दै उद्योग स्थापनाका लागि पहल गर्न निजिक्षेत्रलाई आग्रह गरे । उनले जिल्लामा एक गाउँपालिका एक उद्योग स्थापना गर्ने उद्देश्यकासाथ प्रदेश सरकारले त्यस्ता क्षेत्रको पहिचान गर्ने र उद्योग स्थापना गराउने वातावरण बनाउने पनि बताए ।

जिल्लाको विकासको लागि तीनै तह संघ, प्रदेश र स्थानीय तहको सहकार्यले जिल्लाको विकासमा फड्को मार्ने बताउँदै विकासका लागि सक्दो पहल गर्न आग्रह गरे । अवको तीन वर्षभित्र जिल्लाका सबै पालिकाका वडाहरुभित्र कालोपत्रे सडक पुग्ने विश्वास दिलाउँदै सबैलाई ढुक्क भएर कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रको विकासको लागि कृषकहरुलाई सरकारले दिने अनुदान अझै बढाउन आग्रह गर्दै अनुदान पनि सही रुपमा परिचालन हुनुपर्ने बताए । तीनै तहले एउटै व्यवसायलाई कर लगाउने प्रवृतिको भने उनले असन्तुष्टि जनाए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले सरकारले देखाएको आर्थिक समृद्धिको सपना पुरा नगरेको भन्दै जनताले सरकारको विश्वास गर्नै छोडेको बताए । चुनावअघि घरघरमा ग्याँस, कुश्मामा रेल, युवाहरूको हातमा रोजगारी लगायतका आश्वासन बाँडेर चुनाव जितेर सरकार बनाएको नेकपाले सरकारमा पुगेपछि जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि नै धावा बोलेको आरोप जोशीको थियो ।

उनले पर्वतमा विकासका धेरै आयोजनाहरू आफ्नो पालादेखि शुरू भएको जानकारी दिँदै ती आयोजनाहरूलाई निष्कर्षमा पु¥याउन अहिलेका जनप्रतिनिधिलाई सुझाव दिए । ‘देशमा विगतको जस्तो द्वन्द छैन, अस्थिर सरकार पनि छैन, केन्द्रदेखि प्रदेश र स्थानीय सरकारमा तपाईंहरूकै दवदवा छ, पर्वतमा भोलिको पुस्ताले स्मरण गर्नेगरि काम गर्नोस् मेरो पनि सहयोग रहन्छ’ उनले भने । उनले अर्कैले बनाएको बाटो हिँडेर रिवन काट्ने हतार नगर्न अहिलेका जनप्रतिनिधिलाई चेतावनी समेत दिदै भाषणमा भन्दा परिणाममा जोड दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य पदम गिरीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउदै पर्वत सहमतिको जिल्ला भएको बताए । आर्थिक विकासको लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने भनाई राख्दै उनले सरकारको समिक्षा गर्ने बेला नआएको बताए । यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरी विकास गर्ने योजनामा रहेको उनको दाबी थियो । नेपालमा पानी जहान र रेलको कुरा सपना नभई वर्तमान सरकारले पाँच वर्ष भित्रमा पूरा गर्ने पनि उनले बताए ।

कार्यक्रममा संविधान सभाका सदस्य गुणाखर बस्याल, प्रदेशसभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेकपाका प्रतिनिधि मेघनाथ सुवेदी, नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पर्वत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक ठाकुर वि पौडेल, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रम उद्योग बाणिज्य सघं पर्वतका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माको अध्यक्षता र उद्योग बाणिज्य सघं पर्वतका महासचिव गणेश लामिछानको सञ्चालनमा सम्पन्न भएको थियो ।

पर्वतमा उद्योग बाणिज्य संघले तीन÷तीन बर्षमा महोत्सव आयोजना गर्दै आएको छ । अहिलेको महोत्सवबाट करिब डेढ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । झन्डै दुई सय स्टलहरू निर्माण गरिएको महोत्सवमा कृषि तथा स्थानीय उत्पादनमा जोड दिएका उद्यमीका लागि ३० ओटा स्टलहरू निःशुल्क दिइएको छ । त्यस्तै, शैक्षिक तथा रचनात्मक काम प्रदर्शन गरिएका स्टलहरूको मूल्य अन्य स्टलको भन्दा कम तोकिएको छ । महोत्सव यही माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000