गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा पर्वतका आचार्यले उम्मेदवारी दिने, अजेण्डा केही दिनमा सार्वजनिक हुने

पर्वत, साउन १२–गैरआवासीय नेपाली संघ (एनआरएनए ) अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउँदो अक्टोबरमा काठमाडौंमा हुने नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समय गैरआवासीय नेपाली संघमा आबद्ध भएर सामाजिक हितका काम गर्दै आएका आचार्यले आफ्नो उम्मेदवारी प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ समावेशी र सशक्त बनाउन भएको बताएका छन् । बेलायतको लण्डनमा लामो समयदेखि ब्यावसाय चलाउदै आएका आचार्यले आफु अध्यक्ष भएपछि गर्ने मुख्य अजेण्डा छिट्टै सार्वजनिक गर्ने पनि जानकारी दिएका छन् ।

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा जन्मिएका आचार्य गैरआवासिय नेपाली संघमा तल्लो तहबाट नेतृत्व गर्दै केन्द्रीय उपाध्यक्षसम्म भएका हुन । आचार्यले देखाएको सक्रियता, क्रियाशिलता र सामाजिक भावनाबाट प्रभावित भएर अधिकांश मुलुकमा रहेका गैरआवासिय नेपालीले आचार्यलाई केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन दबाब दिदै आएका छन् । केही दिनअघि मात्रै बर्तमान अध्यष भवन भट्टले आफुले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने बताएसँगै आचार्यले नयाँ नेतृत्वका लागि सक्रियता बढाएका छन् । उनले अध्यक्ष भट्टको घोषणा सकारात्मक भएको बताउदै एनआरएनए एउटा गैरराजनीतिक सामाजिक संस्था भएको र अग्रजहरुसँगको सरसल्लाह, साथीहरुको आग्रह एवं सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

‘अध्यक्ष पदमा सहमतिको सम्भावना के छ ?’ भन्ने एक प्रश्नमा आचार्यले सहमतिका लागि आफू संधै खुला रहेको तर एनआरएनए जस्तो संस्थामा बन्द कोठाभित्र बसेर निर्णय गर्नुभन्दा प्रजातान्त्रिक ढंगले खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पर्छ भन्ने आफ्नो धारणा रहेको स्पष्ट पनि पारेका छन् । एनआरएनए एनसीसी बेलायतका पूर्वअध्यक्ष तथा एनआरएनए युरोप संयोजकको जिम्मेवारी सम्हालिसकेका उपाध्यक्ष आचार्यलाई बिजयी गराउनका लागि अधिकांश मुलुकमा सक्रियता बढेको पाइएको छ । आचार्य २००७ मा संघको बेलायत सदस्य भएका थिए । २००९ मा बेलायतको उपाध्यक्ष भएका उनी २०११ मा अध्यक्ष भए । २०१३ मा उनी आइसिसि सदस्यमा निर्वाचित भएका थिए । २०१५ मा युरोप संयोजकको भुमिका सक्रियता र उदाहरणीय रुपमा निभाएका आचार्य हाल गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रीय उपाध्यक्ष छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000