गाउँमा महिलाले चलाएको सहकारीको पहिलो साधारणसभा सम्पन्न

सविता शर्मा
पर्वत, असार ८–पर्वतको कुश्मा नगरपालिकाका–१३ खौलालाकुँरीका महिलाहरु सहकारीमा आवद्ध हुन थालेका छन् । उनीहरुले खौला लाकुरी महिला बचत तथा सहकारी संस्थाको स्थापना गरेका छन् । संस्थाका  पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी खौलालाँकुरीका वडा अध्यक्ष जंगवहादुर केसीले गर्नुभएको छ । वडा अध्यक्ष केसीले सहकारीलाई जिविकोपार्जन सँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको जिविको पार्जनको लागि वडाले विभिन्न स्वरोजगार मुलुक कार्यक्रम संचालन गरेको बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य ओमप्रकाश शर्मा, वडा महिला सदस्य कल्पना तिमिल्सीना इन्प्रेड नेपालका सामजिक परिचालक शंकरवहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सहकारीका अध्यक्ष रोजिना केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन बविता क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पार्वती सुवेदी र कार्यक्रमको संचालन संस्थाका सचिव सविता शर्मा पौडेलले गर्नुभएको थियो । उक्त सहकारीमा ३ सय ४७ जना महिलाहरु आवद्ध छन् । संस्थाको शेयर पुजी २ लाख रुपैयाँ रहेको छ

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000