नेकपा त्याग्दै जलजलामा ३२ जना काँग्रेसमा प्रवेश, सरकारलाई अधिनायकबादी भोक जागेको काँग्रेस नेता श्रेष्ठको दाबी

पर्वत, जेठ १२–नेपाली काँग्रेस पर्वतले आइतबार जलजला गाउँपालिकाको मोहनचोकमा राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ । बैशाख २५ गते कुश्माबाट सुरु भएको जागरण अभियान अन्र्तगत आइतबार जलजलामा कार्यक्रम भएको हो । कार्यक्रममा जलजला गाउँपालिका वडा नम्बर ४ र २ का विभिन्न पदमा रहेका सत्तारुढ नेकपाका ३२ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेसमा प्रवेश गरेकालाई काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, जिल्ला सभापति खिमप्रसाद भुसाल, उपसभापति दुर्गाबहादुर खत्री, कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), काँग्रेस नेताहरु खगेन्द्रप्रसाद तिवारी, युवराज जोशी, ऋषिकेश तिवारी, राजेन्द्रप्रसाद तिवारी, भिष्म मल्ल, हरिविकास जिसीलगायतले अबिर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले केपी शर्मा ओली सरकारमाथि अधिनायकबादी भोक जागेको टिप्पणी गरेका छन् । सरकार बनेदेखि एकपछि अर्को स्वतन्त्र निकायलाई आफु मातहत बनाउदै लगेको भन्दै श्रेष्ठले पछिल्लो समयमा संसदमा दर्ता गरेको मिडिया काउन्सिल बिधेयकले सरकारलाई अधिनायकबादी भोक जागेको पुष्टि भएको बताए ।
‘सरकारले स्वतन्त्र निकायलाई प्रधानमन्त्री मातहत ल्याएको छ, प्रधानसेनापतिको कमाण्डमा चल्ने सेनालाई प्रधानमन्त्रीको एक आदेशका भरमा परिचालन गर्ने प्रयास गर्दैछ, अदालतमाथि नियन्त्रण गर्दैछ’ श्रेष्ठले भने–‘पछिल्लो समयमा ल्याउने तयारी गरेको मिडिया काउन्सिल बिधेयकले सरकारलाई अधिनायकबादी भोक जागेको पुष्टि गर्छ ।’ काँग्रेस नेता श्रेष्ठले जनतालाई क्रमिक रुपमा बोल्नै नपाउने अवस्था ल्याउन लागेको आरोप लगाए ।
उनले सरकारका कमिकमजोरीबिरुद्धमा बोल्नै नपाउने, मिडियाले लेख्नै नपाउने अवस्था रहने हो भने कम्युनिष्ट सरकारको मात्र होइन, कम्युनिष्टबिरुद्धमै आन्दोलनको आधीबेहेरी ल्याउने चेतावनी दिएका छन् । काँग्रेसको अवको कम्युनिष्ट अधिनायकबादी बिरुद्धको आन्दोलनमा अन्र्तराष्ट्रिय जगतले समेत साथ दिने भन्दै श्रेष्ठले भने–‘अन्र्तराष्ट्रिय जगतले कम्युनिष्ट तानाशाहीको पक्षमा रहदैन, काँग्रेसको आन्दोलनमा सहयोग गर्छ ।’ काँग्रेसले सधै जनता बलियो हुनुपर्छ भन्दै आएपनि अहिले जनताले सामान्य गुनासो राख्ने अवस्था पनि अन्त्य गर्न बर्तमान सरकार उद्यत रहेको उनले दाबी गरे ।
उनले काँग्रेसका नेताहरु माथिबाटै सच्चिएर एकताबद्ध अगाडी बढेमा सबै अधिनायकबादी र तानाशाहीहरु पराजित भएको स्मरण गर्दै नेतामा सुधार आउनुपर्ने कार्यकर्ताको भनाईमा आफ्नो समर्थन रहेको बताए । श्रेष्ठले काँग्रेसले देशभर सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानले पार्टीमा राम्रो सन्देश सञ्चार गरेको भन्दै मुलुकमा भएका भ्रष्टाचार, अपराधका काण्ड, सरकारले निरन्तर गरेका गलत कामको भण्डाफोर गर्ने, बिधानको बिषयमा तल्लो तहसम्म जानकारी दिने, कार्यकर्तामा एकताको सन्देश दिने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीले बिधि, बिधानअनुसार काम गरेको भन्दै पद भन्दा पार्टी र जनताको भावनामा काम गर्न नेता, कार्यकर्तालाई आग्रह गरेका थिए । आफु हालसम्म पार्टीले दिन्छ भन्दापनि पार्टीलाई दिनका लागि काम गर्दै आएको भन्दै अव कम्युनिष्टको भ्रम सबै जनतालाई प्रस्ट भइसकेकाले त्यस्ता भ्रमको पछि नलागी काँग्रेसको बिचार, भावनाअनुसार लाग्न निर्देशन पनि दिए ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले पार्टीलाई सामुहिक भावनाअनुसार अगाडी बढाउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्णं)ले नेपाली काँग्रेस कमजोर बन्दा लोकतन्त्र नै खतरामा पर्ने भन्दै काँग्रेसलाई मजबुत पार्न सबैलाई एकताबद्ध हुन आब्हान गरे । सभापति भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, काँग्रेस नेतृ एवम् जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन गर्बुजा, नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसीलगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागीले काँग्रेसका नेताहरुसमक्ष विभिन्न जिज्ञासा र चासो राखेका थिए । कार्यक्रममा जलजला गाउँपालिकाका नौ वटै वडासहित छिमेकी जिल्ला तथा पर्वतका जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000