नेबिसंघले बितरण ग¥यो झोलासहित शैक्षिक सामाग्री

पर्वत, बैशाख ६–नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाईले यहाँका ६४ जना बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री बितरण गरेको छ । नेबिसंघको ५०औ स्थापना दिवसको अबसरमा कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटमा रहेको सुर्योदय प्राथमिक बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्रीसहितको झोला बितरण गरेको हो । बिद्यालयमा ६४ जना बालबालिका भएपनि ५४ जना बालबालिकालाई बितरण गरिएको र बाँकीलाई अर्को दिन बितरण गरिने बिद्यालयका प्रधानाध्यापक कल्याण सुवेदीले जानकारी दिए ।

यो बिद्यालयमा सुस्तमनस्थितिका बालबालिका अध्ययन गर्दै आएका छन् । उनीहरुलाई आवासिय सुविधासमेत रहेको छ । कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्बर २ का अध्यक्ष यदुनाथ बास्तोला, वडा नम्बर ८ का अध्यक्ष राजकुमार क्षेत्री, नेबिसंघ पर्वतका अध्यक्ष मिलन सुबेदी, समाजसेवी श्यामकुमार जोशीलगायतले सामाग्री बिद्यार्थीलाई बितरण गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाँस्तोला र क्षेत्रीले बिपन्न बालबालिकालाई सानो सहयोगले पनि ठुलो राहत मिल्ने बताए । उनीहरुले नेबिसंघले गरेको यो रचनात्मक सहयोगले अन्यत्र पनि पाठ सिकाएको धारणा राखेका थिए ।

नेबिसंघ पर्वतका अध्यक्ष मिलन सुबेदी, गुप्तेश्वर बहुमुखी क्याम्पस इकाइका अध्यक्ष शिशिर शर्मा, फलेबास नगरपालिका अध्यक्ष सन्तोष पाठक, कुश्माका अध्यक्ष प्रदिप पोखरेललगायतले बोलेका थिए । झोला श्यामकुमार जोशी र शैक्षिक सामाग्री वडा अध्यक्ष बाँस्तोला र क्षेत्रीले सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000