७२ लाखको बिल पास गराउन उपप्रमुखको जिम्मेबारी खोसियो

पर्वत, बैशाख ३–कुश्मा नगरपालिकामा अबैध बिल पास गराउन उपप्रमुख सिता काफ्ले लामिछानेको जिम्मेबारी खोसेको फेला परेको छ । नगर प्रमुख रामचन्द्र जोशीले अबैध रुपमा आफु निकट निर्माण ब्यवसायीलाई दिएको कामको बिल पास गराउनकै लागि लामिछानेलाई नगरको लक्षित बर्गको संयोजक पदबाट हटाएको पाइएको हो । कुश्मा नगरपालिकाको सोमबार पर्वत उद्योग बाणिज्य संघको सभाहलमा भएको नगरसभाले उपप्रमुख लामिछानेलाई लक्षित बर्गको संयोजक पदबाट हटाएर कार्यपालिका सदस्य देबेन्द्र नेपालीलाई जिम्मा दिइएको थियो । उक्त निर्णयको बिरोध गर्दै उपप्रमुख लामिछानेले नगरसभामा नोट अफ डिसेन्ट लेख्दै सभाबाट बाहिरिएकी थिइन ।

नगर प्रमुख जोशीले आफु निकटका निर्माण ब्यवसायीलाई विभिन्न सडक खन्न लगाएका थिए । त्यसको बिल कुश्मा नगरपालिकामा ७२ लाख हाराहारीमा आएको थियो । उक्त बिल नेकपाबाट निर्वाचित कार्यपालिका सदस्यले पास गर्न अस्वीकार गरेका थिए । नेकपाबाट निर्वाचित जनप्रतिनिधिले लक्षित बर्गको संयोजक उपप्रमुख लामिछानेबाट खोसेर आफुलाई दिएमात्रै उक्त बिल पास गर्ने अडान राखेका थिए । उक्त बिल पास गर्नकै लागि नगर प्रमुख जोशीले उपप्रमुखले काम गर्दै आएको लक्षित बर्गको संयोजक पद खोस्ने निर्णय लिएका हुन । यो घटनाले कुश्मा नगरपालिकाभित्र नगर प्रमुख जोशी र उपप्रमुख लामिछानेबिच शितयुद्ध सुरु भएको छ । कुश्मा नगरपालिकामा सडक खनेको बिल आएको रकममध्ये न बजेट बिनियोजन भएको थियो, न बजेट किताबमै थियो, नगर प्रमुख जोशीले योजना नै नभएको ठाउँमा काम दिएका थिए । उक्त काम गर्नका लागि कुश्मा नगरपालिकाले टेण्डर, कोटेसन केही सुचना निकालेको थिएन ।

आफु निकटलाई गोप्य काम दिएर ठुलो रकमको बिल नगरपालिकामा पेश भएपछि नेकपाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि आक्रोशित भएका थिए । कुनै जानकारी किताबमै नभएको योजना मनलाग्दी तरिकाले नगर प्रमुखले आफुनिकटका निर्माण ब्यवसायीलाई दिएकाले आफुहरुले बिरोध गरेको नेकपा निकट एक कार्यपालिका सदस्यले जानकारी दिए । ‘हामीले त्यो बिल पास गर्ने भए लक्षित बर्गको संयोजक पद उपमेयरलाई हटाएर दिन माग ग¥यौ, त्यसमा मेयरले सहमति जनाउनुभएको हो’ उनले भने । कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले आफ्नो सहमति बिना नै लक्षित बर्गको संयोजक पदबाट हटाएकोमा आक्रोश ब्यक्त गरेकी छन् ।

उनले आफुलाई चित्त नबुझेपछि नगरसभा छाडेर बाहिरिएको पनि जानकारी दिइन । कुश्मा नगरपालिकामा दुई वटा गाडी भएपनि उपप्रमुख नगरकै काममा विभिन्न वडामा जादा समेत गाडी नपाउने गरेकी छन् । गत माघ २८ गते आफुमाथि अत्याचार भएकोभन्दै नगर प्रमुख रामचन्द्र जोशी र प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेलाई गाडीबाट झारेर गाडी लिएर हिँडेकी थिइन । कुश्मा नगरपालिकामा ठुलो सम्भावना भएपनि नगर प्रमुखकै गैरजिम्मेबारीले कुश्मा नगरपालिका असफलतातर्फ गइरहेको छ । ०७४÷०७५ मा कुश्मा नगरपालिकामा तीन करोड नौ लाख रुपैयाँको बेरुजु निस्किएको छ । आर्थिक रुपमा चरम अपारदर्शिताले कुश्मा नगरपालिकामा संस्थागत रुपमा नै भ्रष्टाचार भएको पाइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000