शिक्षालाई सर्वसुलभ र स्वरोजगारमुखी बनाऔ : अध्यक्ष मल्ल

पर्वत, चैत २२–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षालाई सर्वसुलभ र स्वरोजगारमुखी बनाउनुपर्ने बताएका छन् । नेबिसंघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाइले सञ्चालन गरेको एक महिने निशुल्क कक्षाको शुक्रबार समापन तथा प्रमाणपत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक रुपमा पछाडी परेकाका निम्ति अहिलेको शिक्षा महंगो हुँदै गएको बताए ।

अध्यक्ष मल्लले तल्लो तहमा सामुदायिक र निजि बिद्यालयको शैक्षिक खाडलले समस्या निम्त्याइरेको भन्दै समान शैक्षिक निति बनाउदै निश्चित शिक्षा लिएपछि शैक्षिकस्तरअनुसार स्वरोजगार बन्न सक्ने हुनुपर्ने बताए । अहिले ग्रामिण भेगमा रहेका बालबालिका कम्प्युटर शिक्षा लिनबाट बञ्चित भएको भन्दै सबै सामुदायिक बिद्यालयमा कम्युटर शिक्षालाई अनिवार्य बनाउनुपर्ने जोड दिए । विकासको प्रमुख सुचक नै शिक्षा भएको धारणा राख्दै मल्लले गाउँमा पढ्ने बालबालिकालाई पनि कम्युटर सिक्ने अवसर प्रदान गर्नुपर्ने बताए ।

अहिलेको शिक्षा प्रणालीले दक्ष जनशक्ति बिदेश पलायन गराएको, १८ बर्ष पुग्दा÷नपुग्दा बिदेश जाने मनस्थिति बन्ने गरेकोमा उनले चिन्ता ब्यक्त गरे । ‘यस्तै अवस्था जारी रहने हो भने यसले विकराल रुप ल्याउछ, त्यसैले शिक्षा नितिलाई सर्बसुलभ र स्वरोजगारमुखी बनाउनुपर्छ’ जलजला गाउँपालिका अध्यक्ष मल्लले भने । उनले नेबिसंघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाईले कम्युटर सिक्नबाट बञ्चित भएका युवायुवतीलाई कम्प्युटर सिक्ने अवसर प्रदान गरेकोमा धन्यबाद दिए । नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डा.चुडामणी शर्माले तीनै तहका सरकारले प्रबिधिमैत्री शिक्षालाई जोड दिएर गम्भिर बन्नुपर्ने बताए ।

कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख सुबास पन्त, नेपाल बिद्यार्थी संघ पर्वतका सचिव बरदान पौडेल, नेबिसंघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाई सभापति शिशिर शर्मा पौडेल, नेबिसंघ कुश्मा नगर सभापति प्रदिप पोखरेललगायतले बोलेका थिए । इकाई सभापति पौडेलको अध्यष्क्षतामा भएको कार्यक्रमको सञ्चालन सुजन पुनले गरेका थिए । एक महिनासम्म सञ्चालन भएको तालिममा ८० जना युवायुवती सहभागी भएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000