रेलमा चार हजार किलोमिटर यात्रा गरेर भियतनाम पुगे किम, ट्रम्पसँग आज भेट

काठमाडौं, फागुन १५–उत्तर कोरियाली शासक किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच बुधबार दोस्रो पटक हनोईमा भेटघाट हुनेछ । सुरक्षाको सबै प्रबन्ध मिलाइसकिएको छ । किम मंगलबार रेलबाट चार हजार किलोमिटरको यात्रा गरेर भियतनाम पुगेका हुन् । दुई नेताबीच गत वर्ष जून १२ मा सिंगापुरमा भेटवार्ता भएको थियो ।

ट्रम्पलाई सफल भेटघाटको विश्वासः

भियतनामको यात्रा अघि ट्रम्पले किमसँगको कुराकानी सफल हुने विश्वास भएको भन्दै ट्वीट गरेका थिए । ट्रम्पले परमाणु हतियार पूर्ण रुपमा समाप्त भएपछि उत्तर कोरिया तीब्र रुपमा आर्थिक शक्तिको केन्द्र बन्ने पनि बताएका थिए । उनले भनेका थिए, ‘मलाई आशा छ कि किमले समझदारीपूर्वक निर्णय लिनेछन् । मलाई कुनै हतार छैन । म कसैलाई परीक्षण गर्न पनि जान लागेको होइन ।’

दुबै नेता सँगै खाना खानेछन्ः

ह्वाइट हाउसकी प्रवक्ता सारा सेन्डर्सले एयरफोर्स वन (अमेरिकी राष्ट्रपतिको विमान) मा पत्रकारलाई दुई नेताले सँगै खाना खाने जानकारी दिएकी छिन् ।

पहिलो भेटपछि कुनै परीक्षण गरिएको छैनः

सन् २०१८ मा जून १२ मा ट्रम्पसँग पहिलो ऐतिहासिक भेटपछि उत्तर कोरियाले कुनै ब्यालेस्टिक मिसाइल–परमाणु परीक्षण गरेका छैनन् । यसअघि किम जोंग उनले हाइड्रोजनसमेत ६ परमाणु परीक्षण गरिसकेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000