प्रहरी कार्यालयबाटै टिभी हराएपछि…

पर्वत, मंसिर ११–जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर प्रयोग गरेको टिभी हाकिमले चोरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । घटना ७ साउन ०७४ मा भएको दाबी गर्दै प्रहरी महानिरिक्षकलाई सम्बोधन गरेर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका पीडित प्रहरी कर्मचारीहरुको नाममा दिइएको उजुरीमा हाल अवकाश पाएका तत्कालिन प्रहरी निरिषक मधुकरजंग बिष्ट, तत्कालिन लेखापाल नारायण भण्डारी र जिप्रका पश्चिम नवरपरासीमा कार्यरत सुबेदार मेजर प्रमोदविक्रम केसीको मिलेमतोमा रातको समयमा ३२ इन्चको एलसिडी टिभी चोरिएको उल्लेख छ ।
उजुरी गत असोज ३० गते प्रहरी प्रधान कार्यालयमा पठाइएपनि हालै मात्रै उजुरी सार्वजनिक भएको हो । उक्त टिभी प्रहरी हवल्दार तथा जवानहरुले एसइई परीक्षामा ड्युटी गरेपश्चात आएको रकमबाट जुप्रअ ब्यारेकको लागि ३२ हजार रुपैयाँमा खरिद गरेको उजुरीमा छ ।
‘जनताको जिउ धनको सुरक्षार्थ खटिने प्रहरी त्यसमा पनि एउटा जिम्मेबार प्रहरी कर्मचारीबाट यस्तो पीडित ब्यवहार कुन प्रहरी कर्मचारी तथा कुन नेपाली नागरिकलाई मन पर्ला ? त्यसैले घटनाको यथार्थ बुझी हराएको टिभी बराबरको मुल्य असुल गराई, टिभी आम्दानीमा बाध्न यो पत्र लेखेका छौ’ उजुरी पत्रमा उल्लेख छ । उजुरीको बोधार्थ गृह मन्त्रालय प्रहरी प्रशासन शाखा, गण्डकी प्रदेश प्रहरी कार्यालय, ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्वत र नवलपरासी पश्चिमसहित सञ्चारमाध्यमलाई दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख एवम् प्रहरी निरिक्षक राजन रायमाझीले यस बिषयमा आफुलाई केही थाहा नभएको बताए । आफु एक महिनाअघि मात्रै पर्वत आएको र त्यसबिषयमा कुनै चर्चा नभएको उनले जानकारी दिए । उजुरीका बिषयमा अहिलेसम्म कुनै सुचना आफुले नपाएको र त्यसबिषयमा के भएको हो अव बुझ्ने बताए । जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारी यतिबेला बिदामा रहेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000