वैद्यकहाँ पैसा पुगेपछि बल्ल चाल पाए बादलले विप्लवको माग !

काठमाडौं, असोज १७–भर्खरै विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके । तर, तत्कालीन माओवादी कार्यकर्ता अच्चम मान्दै छन्, आखिर किन रामबहादुर थापा बादल प्रकाण्डको पछि यति हात धोएर लागेका होलान ? पार्टी एकीकरणको दौरान विभिन्न बैठक र छलफल चल्दा युवा र विद्यार्थीको हकमा जटिलता आयो ।

अरु कुरा मिल्न छाडेपछि दुबैतिरका युवा कार्यकर्ता बागबाजरतिर गफिन थाल्दा बादलसँग पोहोर वैद्य समुह छाडी फर्किएका एकजनाले फ्याटटै भने, उमा भुजेललाई पनि त्यस्तै, गर्नुपर्ने । तत्कालीन एमाले कार्यकर्ताले सोधे, किन ? उनीहरुको झगडा रहेछ, करोडको ।  पार्टी फुटेपछि पनि मोहन बैद्यलाई प्रचण्डले खुसुखुसु खर्च दिने रहेछन् ।  शायद, हिजोआज पनि उनले प्रचण्डबाट पैसा बुझेको हुनुपर्ने ती कार्याकर्ताको अनुमान थियो । तर, प्रकाण्ड गिरफ्तारी प्रकरणपछि प्रचण्डसँग विप्लवहरु सशंकित छन्, कुराकानी हुन छाडेका छन् ।

नत्र, तीन बर्षअघि प्रचण्डले वैद्यलाई रुपैयाँ दिँदा विप्वलालार्ई बोलाएर जानकारी दिएका थिए । तर, बादल बोलाईएनन् । वैद्यकहाँ पैसा पुगेपछि बल्ल बादलले चाल पाए । विप्वलले त्यसको आधा रकम आफुमार्फत खर्च हुनुपर्ने माग गरे ।  बादले बैद्यलाई नदिने भन्दै थिए, त्यहि दिनबाट हो, बादल र विप्वलवबीच चर्काचर्की परेको ।  पछि वैद्यले आफुसँग एक रुपैयाँ पनि नराखी आधा बादल र आधा विप्वलवलाई दिए ।

विप्वलव पैसा पाउनसाथ चीन गए । किन गए ? कसले बोलाएर गए ? यी केहि कुरा पार्टीमा भनेका थिएनन् । वैद्यले सोध्दा पनि साथीले बोलाएको मात्रै भने ।, आज प्रकाशित जनआस्थासाप्ताहिकमा यो खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000