एक किशोरको अन्त्येष्टि, एक अचेत, अर्का गम्भीर !

काठमाडौं, भदौ ११–निर्मला पन्तको बलात्कार र हत्यापछि न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सन्नी खुनाको राष्ट्रिय सम्मानका साथ आइतबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । सन्नी खुना र उमेश खुना ठूलोबुबा सानोबुबाका छोरा हुन् । उनीहरू सँगै काम गर्ने, खाने, सुत्ने र घुम्ने गर्दथे ।

उनीहरू दुवै दाजुभाइलाई सुजित बंगाली ठेकेदारले मार्बल लगाउने काम लगाएका थिए । झन्डै डेढ महिनाअघि कञ्चनपुरका विभिन्न स्थानमा मार्बल लगाउने काम गरेबापत सन्नीले पाँच र उमेशले तीन हजार रुपैयाँ लिनुपर्ने थियो । शुक्रबारको गोलीकाण्ड सम्झँदै सन्नीका दाजु उमेश भन्छन् –हामी दाजुभाइ मात्र होइन साथीजस्ता थियौँ । सँगै मजदुरी गथ्र्यौँ । करिब डेढ महिनाअघि सुजित बंगाली ठेकेदारमार्फत हामीले जिल्लाका विभिन्न ठाउँमा मार्बल ओछ्याउने काम गरेका थियौँ । सन्नीको पाँच हजार र मेरो तीन हजार लिन बाँकी थियो । १० गते रक्षाबन्धन थियो ।

त्यसको तयारीका लागि हामी ८ गते ठेकेदारसँग बाँकी पैसा माग्न गएका थियौँ । बिहान पानी परेकाले दिउँसो खाना खाएर दाजुभाइ घरबाट निस्कियौँ । ठेकेदार नभेटिएपछि बजार घुम्दै थियौँ । माथि चम्मनचोकदेखि आन्दोलनकारी ट्राफिक चोकतिर गए । हामी पनि त्यतै लाग्यौँ । मैले साइकल र मोबाइल सन्नीको हातमा दिएको थिएँ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

सन्नी र म सँगै आन्दोलन हेर्दै थियौँ । ट्राफिक चोकमा ढुंगामुढा भइरहेको थियो । पछि सन्नी भिडमा हरायो । एकैछिनमा ट्राफिक कार्यालयको छतबाट प्रहरीले गोली चलायो । म भागेर पुनः ठेकेदार बस्ने ठाउँमा पुगेँ । सन्नी पनि भाग्यो होला भन्ने सोचेँ । एकैछिनमा गोली लागेर एकजनाको मृत्यु भएको सुनेँ ।

मैले सन्नीलाई फोन गरेँ, तर उठेन । एकैछिनमा फोन अफ भयो । त्यहीबीचमा मैले एकजना दाजुको मोबाइलमा भाइको फोटो देखेँ । त्यसमा उनको त गोली लागेर मृत्यु भयो भन्ने लेखिएको थियो । म रुँदै घरतिर लागेँ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000