चार अर्बको घिउ बिकेन, यस्तो छ कारण

काठमाडौं – डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन् । न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ बिक्री नभएको डेरी सञ्चालकको भनाइ छ। आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

करिब चार अर्ब रुपैयाँको घीउ बिक्री नभएपछि स्टक रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । घिउ बिक्री नहुँदा किसानलाई दिने भुक्तानी समेत रोकिन थालेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । ‘चार अर्ब रुपैयाँको घिउ बिक्री नहुँदा किसानको भुक्तानी पनि रोकिएको छ,’ उनले भने, ‘भारतबाट रामदेवलगायत विभिन्न ब्रान्डको घिउ निकै सस्तो मूल्यमा आयात भएपछि समस्या आएको हो।’

सापकोटाका अनुसार भारतमै प्रतिकिलो साढे पाँच सय भारु ९आठ सय रुपैयाँ० मा बिक्री भैरहेको रामदेवको घिउ नेपालमा आठ सय रुपैयाँमा बिक्री भइरहेको छ । ‘भन्सारमात्र ३० प्रतिशत जोड्दा ११ सय रुपैयाँ बढी हुन्छ,’ उनले भने, ‘तर आठ सय रुपैयाँमा कसरी बिक्री गरिरहेको छ रु व्यवसायीका अनुसार करिब ४० लाख किलो घिउ स्टक छ ।

दुग्ध विकास संस्थानसँग मात्र करिब चार लाख किलो बटर स्टक छ । स्वदेशी घिउ मूल्य घटाएर आठ सय रुपैयाँ किलोमा बेच्न सक्ने अवस्थामा नरहेकाले समस्या परेको सापकोटाले बताए । ‘आठ सय रुपैयाँ किलोमा बिक्री गर्दा लागत मूल्य नै उठ्दैन,’ उनले भने ।विदेशबाट आयात हुने घिउले राजस्व छलेको हुन सक्ने व्यवसायीको दाबी छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000