जलजला गाउँपालिकाले ल्यायो जनमुखी र बिपन्न लक्षित कार्यक्रम (पूर्ण पाठसहित)

पर्वत, असार १६ –जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको कार्यालय लामाखेतमा शुक्रबार चौथो गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक बर्ष २०७५÷०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले ग्रामिण सडकको स्तरोन्नती, सबैलाई स्वच्छ र सफा खानेपानीको पहुँच, कृषिमा ब्यावसायिकरण र यान्त्रिकरण, पशुपालनमा किसानलाई आकर्षित गरिने बताए ।
उनले सिँचाई, स्वास्थ्य, शिक्षा, संस्कृति र पर्यटन प्रबद्र्धनमा विशेष जोड दिएको जानकारी दिए । आर्थिक बृद्धिका लागि उद्योग, व्यवसाय लगायत जनसरोकारका बिषयलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको उनको भनाई छ । उनले संघीय र प्रदेश सरकारले बजेट पठाउनमा कन्जुस्याई गरेका बाबजुद पनि आफ्नो कार्यकालको अवधिमा केही मुख्य सडक कालोपत्रे गर्दै अन्य ग्रामिण सडकलाई नालीसहित बाह्रैमहिना सवारी सञ्चालन हुने गरी तयारी गरेको बताए ।
‘विकासको मुख्य कुरा सडक नै हो, त्यसैले मुख्य सडकलाई कालोपत्रे गर्ने र अन्य ग्रामिण सडकलाई नाली निर्माण गरेर बाह्रै महिना सहज रुपमा यातायातका साधन सञ्चालन हुनेगरी तयारी गरेका छौ’ अध्यक्ष मल्लले भने । त्यसैगरी निर्वाहमुखी खेती प्रणालीलाई आधुनिक, प्रविधियुक्त, ब्यावसायिक एवम् प्रतिष्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दिगो कृषि विकासको माध्यमबाट कृषकहरुको जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका कार्यक्रम सञ्चालनमा जोड दिने उनले बताए ।
गाउँपालिकाले वडा नम्बर ९ मा आलुखेती, वडा नम्बर १ मा सुन्तलाखेती, वडा नम्बर ५, ६ मा आलु, कफी, सुन्तला वडा नम्बर २, ३, ४, ७ र ८ मा मौसमी तथा बेमौसमी तरकारी, चिया, अलैची, सुन्तला, अदुवा, लिची, अम्रीसो, आप, कटहर खेतीमा जोड दिने नीति लिएको छ । गाउँपालिकाले सबै उत्पादनयोग्य जमिनको पहिचान गरी त्यस्तो ठाउँमा सडक खन्ने, बस्ती बसाउने, आवास निर्माणको लागि प्लटिङ लगायतका निर्माण कार्यहरुलाई निरुत्साहित गरिने भएको छ ।
जमिन बाँझो नराख्नका लागि कृषकलाई कृषि ऋण, बिमा लगायत विशेष राहतका कार्यक्रम ल्याउने गाउँपालिकाले घोषणा गरेको छ । अध्यक्ष मल्लले गरिबी न्युनिकरणमा जोड दिने गरी गाउँपालिका अध्यक्ष हातेमालो कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
‘गरिबी न्युनिकरणमा थप टेवा पु¥याउन बित्तिय संघसंस्था लगायत वडा नम्बर १ बाँसखर्क, वडा नम्बर ५ लेखफाँट, वडा नम्बर ६ शालिजा र वडा नम्बर ७ धाइरिङमा हाल सामुदायिक विकास कोषमार्फत सञ्चालन हुँदै आएको घुम्तीकोष आदि समेतको परिचालन ‘महिला, बालबालिका, दलित, गरिब, अपाङ्गता भएका ब्यक्तिहरु लगायत लक्षित बर्गसँग जलजला गाउँपालिकाका अध्यक्ष हातेमालो कार्यक्रम मार्फत परिचालन तथा सञ्चालन गरिनेछ ।’
अध्यक्ष मल्लले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको पहिचान तथा आम्दानीको लागि महत्वपूर्ण आधारस्तम्भ मानिने पर्यटन ब्यवसायलाई पबद्र्धन गर्नका लागि गाउँपालिकाको धुरीमा रहेको सिमसार क्षेत्र जलजला, लेखफाँटको फलामेडाँडा, मल्लाजको कर्णेलको दरबार, कोटमन्दिर तथा धार्मिक तथा पर्यटकीयस्थलहरु लगायत प्रसिद्ध प्राकृतिक तथा धार्मिक सम्पदाहरुको थप अध्ययन गरी गाउँस्तरीय पर्यटन गुरुयोजना निर्माण गरेर सार्वजनिक नीति साझेदारीकै अवधारणामा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको जनाएको छ ।
बिद्यालयलाई खानेपानी तथा सरसफाई पूर्णक्षेत्र घोषणा गर्ने, एक बिद्यालय एक पुस्तकालयका साथै बिद्यार्थी संख्या कम भएका र नजिकका बिद्यालयलाई एकआपसमा गाभ्ने गाउँपालिकाले नीति लिएको छ । त्यसैगरी आगामी आर्थिक बर्ष जलजला गाउँपालिकाको दुई वटा वडालाई बालमैत्री स्थानीय शासनसहितको बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ ।
हरेक सामुदायिक बिद्यालयमा अनिवार्य कम्युटर शिक्षा, बिद्युतीय हाजिरी, सिसि क्यामेरा तथा अंग्रेजी भाषमा पठनपाठनलाई अनिवार्य गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक बर्ष गाउँपालिकाले १५ शैय्याको गाउँपालिकास्तरीय अस्पताल निर्माणका लागि जग्गाको ब्यवस्था गरेर भवन निर्माण गरी कार्यान्वयनमा ल्याउनेछ ।
बजारिक क्षेत्र लामाखेत, बगर, वारीबेनी, मिलनचोक र लस्तीमा दिर्घकालिन फोहोर ब्यवस्थापनको लागि बिसर्जन केन्द्र निर्माणका लागि कार्यक्रम तर्जुमा गर्ने, राज्यले क र ख बर्गका अपाङ्गता भएकालाई मात्र सम्बोधन गरेको सन्दर्भमा जलजला गाउँपालिकाले ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तिको क्षमता अभिबृद्धि र आयआर्जनको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, एकबर्षभित्र एक वडालाई लैङ्गिक हिंसा मुक्त वडा घोषणा गर्न पहल गर्ने नीति तथा कार्यक्रममा छ ।
गाउँपालिकाले मिलनचोकदेखि हम्पालहुदै कास्कीको नयाँपुलसम्म केवलकारको निर्माण गर्न दातृ निकार्यको खोजी गर्ने पनि अध्यक्ष मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छ । अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रम वडा अध्यक्षहरुको सल्लाह सुझाबपछि शुक्रबारै पारित भएको हो ।
गाउँसभामा उपाध्यक्ष सिमा गर्बुजा पुन, प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष देबेन्द्रबहादुर भण्डारी (रवि), वडा नम्बर १ का अध्यक्ष तुलसी रेग्मी, २ का अध्यक्ष गोबिन्द खत्री, ५ का अध्यक्ष तिलकबहादुर जिसी, ८ का अध्यक्ष हरिविकास जिसी, ७ का अध्यक्ष टुंगनाथ आचार्य, ९ का अध्यक्ष गौबहादुर पुनलगायतले बोलेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले नीति तथा कार्यक्रम पारित भएको र आगामी आर्थिक बर्षको बजेट केही दिनभित्रै ल्याउने तयारी भएको जानकारी दिए ।

 

जलजला गाउँपालिकाको चौंथो गाउँसभामा
आ.व.२०७५÷०७६ का लागि प्रस्तुत
नीति तथा कार्यक्रम
यस सभाका अध्यक्ष एवं सदस्यहरु,
सर्वप्रथम म जलजला गाउँपालिकाको यस गरिमामय गाउँसभाकोे अवसरमा राष्टहित, लोकतन्त्र, र अग्रगामी परिवर्तनको लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै देशलाई आमुलरुपमा परिवर्तन गरी सामाजिक रुपान्तरण गर्ने अदम्य उत्साह, आँट, जोश, जाँगर र साहसका साथ राष्ट्र र जनताको समग्र उत्थानका लागि समृद्ध नेपालको सुन्दर सपना वोकेर आफ्नो जीवन उत्सर्ग गर्ने नेपाल आमाका सन्तती, सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरुप्रति हार्दिक श्राद्धाञ्जली समर्पण गर्दछु ।
गाउँसभाका सदस्यहरु,
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्टिय एकता, स्वाधीनता, र अधिकारको ग्यारेन्टीको व्यवस्था सहित प्राप्त ““नेपालको संविधान” कार्यान्वयन हुने सन्दर्भमा पुनरसंरचना भई स्थानीय तहको रुपमा स्थापीत यस जलजला गाउँसभाको योजना तर्जुमा प्रक्रिया तथा यसको प्रस्तुती नेपालको इतिहासमा पहिलो पटक जनताबाट बालिग मताधिकारको आधारमा निर्वाचित जनप्रतिनिधिहरुबाट हुन गइरहेको सन्दर्भमा हामी गौरवन्वित भएका छौं । अतः “गरीव, दलित विपन्न, महिला फरक क्षमता हुनेहरुको लागि रोजगार समृद्ध नमूना जलजला निर्माणको मूल आधार” भन्ने मूल नाराका साथ सम्पन्न हुन गईरहेको लोकतान्त्रिक गणतन्त्र नेपालको पुनरसंरचना पछिको स्थानीय तहको रुपमा स्थापीत यस जलजला गाउँपालिकाको चौंथोे गाउँसभा २०७५ को पुनित अवसरमा  हाम्रोे निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका सम्पुर्ण गाउँसभा सदस्यज्यूहरुलाई हार्दिक स्वागत एव्ां सम्मान गर्न चाहन्छु ।
नेपाली जनताको अथक तथा लामो प्रयाशपछि राष्टले नयाँ संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा प्रारम्भ भएको यस गाउँसभा मार्फत सम्पूर्ण गाउँवासी दाजुभाइ तथा दिदीबहिनीहरुका तर्फवाट संविधान निर्माणप्रतिको उत्कृष्ट अभिलासा र दिगो शान्तिप्रतिको असीम चाहनालाई संबोधन गर्ने प्रयासस्वरुप जलजला गउँपालिकाको शिर जलजलादेखि कालीगण्डकीको उर्लदो जोश अनि यस क्षेत्रको भौगोलिक विविधता तथा बहु साँस्कृतिक पहिचान तथा परिवेशमा हामी गोलबन्द भई गाउँवासी बन्न सफल भएको ब्यहोरा म यस सम्मानीत सभामा अनुरोध गर्न चाहान्छु । इतिहासको महत्वपूर्ण यस महान कार्यको लागि हामी यस क्षेत्रका उच्च राजनैतिक नेतृत्वतहलाई समेत सम्झन चाहान्छौं । मुलुक अहिले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै दिगो शान्ति र सर्बाङ्गीण बिकासतर्फ अग्रसर हुँदैछ । समृद्ध आधुनिक र न्यायपूर्ण नेपालको अवधारणासहित मुलुक पुनरसंरचनाको नयाँ युगमा प्रवेश गरेको यस ऐतिहासिक मोडमा सम्पन्न हुन लागेको गाउँसभाबाट पारित हुने निर्णयहरुलाई गाउँवासीहरुले अत्यन्तै कौतुहलताका साथ हेरिरहेका छन् । यस सन्दर्भमा स्थानीय सरकारको हैंसियतले आफ्नो क्षेत्रभित्रको सीमित स्रोत साधनहरुको अधिकतम परिचालन गरी उर्दाेगामी (द्ययततयm या ब्उउचयबअज) का आधारमा सहभागितामूलक योजना तर्जुमाका विभिन्न प्रक्रिया तथा चरणहरु पूरा गरी प्रस्तुत बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रयाश गरेका छौं ।
यहाँ उपस्थित गाउँसभाका सदस्यज्यू ,
स्थानीय तह सञ्चालन तथा योजना तर्जुमा सम्बन्धी ऐन नियमहरुको तर्जुमाका सम्बन्धमा गाउँ कार्यपालिकाबाट पास भईसकेका कानूनहरुको अधिनमा रही बर्तमान अवस्थामा हामीले गाउँसभाको लागि वडा भेलाबाट निर्णय भई आएका योजनाहरुलाई पहिलो प्राथमिकताको सूचिमा समावेश गरी बजेट विनियोजन गर्ने प्रक्रियाको थालनी गरेका छौं । नयाँ स्थानीय तह तथा निर्वाचित जनप्रतिनिधिहरुका कारण  योजना तर्जुमा प्रक्रियाप्रति जनताको विश्वास वढेको हामीले महशुस गरेका छौं । चालु आ.व.मा हामीलाई संसारमा कानूनको तर्जुमा र अभ्यास तथा विकासको लागि जननीको रुपमा स्थापित राष्ट्र बेलायतको अध्ययन तथा अवलोकन गर्ने अवसर प्राप्त भएको थियो । त्यहाँको विकासको रफ्तारलाई हेर्दा हाम्रो देशमा हामीसँग भएको प्राकृतिक श्रोत र साधनको उचित सदुपयोग गर्न सके मात्र पनि हामी बेलायतको हारहारीमा पुग्न सक्छौ भन्ने लाग्छ । तर नेपाली जनताको लामो वलिदानबाट प्राप्त संघीय ब्यवस्थामा संविधान निर्माण भई तीनै तहको निर्वाचन पनि सम्पन्न भईसकेको बर्तमान अवस्थामा जनताको उर्लदो अभिलासाहरु तथा चाहानाहरुलाई संबोधन गर्नका लागि तर्जुमा गरिएका कानूनहरुको अक्षरस पालना नहुनु, संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई कानून बमोजिमको अधिकार प्रत्यायोजन गर्न नखोज्नु, स्थानीय सरकारमा प्रर्याप्त बजेटको अभाव हुनु जस्ता कारणहरुले हाम्रो जोश जाँगरलाई कतै रोकवाट त हुने होइन भन्ने आशंकाहरु पनि उब्जिन थालेका छन् ।
आदरणीय यस सभाका सदस्यज्यूहरु,
विकास योजना निर्माण गर्दा बालबालिका, अल्पसंख्यक, दलित, महिला, अतिगरीव, अपाङ्गता भएका ब्यक्तिहरु, जनजाति आदिलाई केन्द्रविन्दु मानी नेपाल सरकारबाट समय समयमा जारी गरिएका मार्गनिर्देशन, नेपालको संविधान, जलजला गाउँपालिकाबाट पारित कानूनहरु, विद्यमान स्थानीय तहसम्बन्धी कार्यविधिहरु, विपन्नता स्तरीकरण मापन सर्वेक्षण, जिल्ला पाश्र्वचित्र एवं स्रोत नक्शा, क्षेत्रगत रणनैतिक योजनाहरु, दातृनिकायसँग भएका सम्झौताहरु आदिलाई आधार बनाइएका छौं । त्यसैगरी निर्वाचित जनप्रतिनिधिहरुको समन्वय तथा सहमतीलाई प्रमुख आधार बनाइ उपलव्ध स्रोत साधनका आधारमा वातावरणीय संरक्षणको साथै दिगो र सन्तुलित विकास गर्न भौगोलिक, क्षेत्रगत, समावेशी विकासको अवधारणालाई अवलम्वन गरिएको छ ।
यस सुन्दर ग्रामीण क्षेत्रको समग्र तथा समानुपातिक विकासको लागि प्राप्त स्रोतलाई एकीकृत गरी सबै वर्ग र क्षेत्रमा विशेष गरी गरीब, महिला, बालबालिका, सामाजिक एवं आर्थिक दृष्टिकोणवाट पिछडिएका वर्ग र समुदाय एवं क्षेत्रको पहुँच र स्वामित्व रहने गरी स्रोत साधनको परिचालन गर्दै सन्तुलित र समान तवरवाट सहज र सरलरुपमा सेवा सुविधा उपलव्ध गराउन एवं त्यस्तो सेवा सुविधालाई मितव्ययी, सहभागितामूलक, पारदर्शी, उत्तरदायी, समावेशी, न्यायोचित, दिगो र गुणस्तरयुक्त बनाउँदैै गरीवी न्यूनीकरण र दिगो विकासका लागि परिचालन गर्न गैरसरकारी संस्था, गैर आवसीय नेपाली लगायत नीजिक्षेत्रसँगको सम्वन्धलाई घनिभूत बनाउने प्रयाश गरिएको छ, । विकास साझेदार निकायहरुवीचको यो मिलनविन्दुलाई हामीले यस गाउँपालिकाको विकासको लागि अवशरका रुपमा लिएका छौं ।
यस सभामा उपस्थित सदस्यज्यूहरु,
गाउँ विकास योजना तर्जुमा गर्दा यस क्षेत्रमा रहेका प्राकृतिक स्रोत साधनको समुचित उपयोग गरी दिगो तथा वातावरणमैत्री विकास गर्नको लागि समावेशी तथा अधिकारमा आधारित दृष्टिकोणलाई आत्मसाथ गर्दै सम्पन्न गर्न सकिने, निरन्तरता दिन सकिने, सम्पन्न गर्नुपर्ने तथा समृद्ध गाउँ निर्माण कार्यमा सहयोग पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्नका लागि देहाय बमोजिमका नीति तथा कार्यनीतिहरु अवलम्वन गर्ने अठोट गरेको ब्यहोरा म यस सम्मानीत सभामा अनुरोध गर्न चाहान्छु ।
क.आर्थिक विकास तर्फः
१.     संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा यस क्षेत्रमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्य अनुरुप स्थानीय स्तरमा उपलव्ध हुने स्रोत साधन एवं सेवा र सुविधामा सबै नागरिकको समान हक, अधिकार, नियन्त्रण, स्वामित्व, पहुँच र सहभागिता  रहनुपर्दछ भन्ने मान्यताअनुरुप जनकेन्द्रित विकासका गतिविधिहरुलाई गाउँपालिकाको अगुवाई तथा समन्वयमा सशक्त ढंगले सञ्चालन गर्नका लागि प्रत्येक विकासका गतिविधिहरुमा निर्वाचित जनप्रतिनिधिहरु, विषयगत शाखाहरु, गैरसरकारी संघ संस्था, निजीक्षेत्र, पत्रकार तथा नागरिक समाजसँगको सम्वन्ध, समन्वय, सहमती र सहकार्यलाई आत्मसाथ गरिने तथ्य म यस गरिमामय सभामा अनुरोध गर्न चाहान्छु । गाउँपालिकाभित्र समतामूलक समाज सृजनाको लागि गाउँपालिकाका सबै घरधुरीहरुको गरिवी बस्तुगत विवरण तयार गरी निर्धारित मापदण्डका आधारमा अतिगरीव, गरीव, मध्यम र उच्च गरी सबै घरधुरीहरुलाई ४ भागमा विभाजन गरी आगामी आर्थिक बर्षमा अति गरीव परिवारलाई सशक्तिकरण तथा आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै गरीवपरिवारलाई उद्यम विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ भने मध्यम तथा उच्च परिवारलाई बसाईं सराईबाट रोक्नुका साथै गाउँबाट बाहिर गएकाहरुलाई पुनः गाउँमै फर्काउने वातावरण तयार गर्न पूर्वाधार विकासका साथै स्वास्थ्य र शिक्षाको पहुँचमा विशेष जोड दिईनेछ ।
२.     विगत केही वर्षदेखि साविक स्थानीय निकायहरु आन्तरिक स्रोतमा भन्दा वाह्य स्रोतमा परनिर्भर हुँदै गएको परिस्थितिलाई मध्यनजर गरी गाउँपालिकाको आन्तरिक स्रोत बढाउन सकिने क्षेत्रहरु जस्तै ढुगा, गिटी, बालुवाको निकासी तथा विक्री लगायत टोल टेक्सलाई थप ब्यवस्थित गर्ने, गाउँपालिकाभित्र रहेका ब्यवसाय तथा फर्महरु दर्ता गर्ने, एकिकृत सम्पत्ति करको प्रारम्भ गर्ने, अतिक्रमण भईरहेको सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी त्यस्ता सम्पत्तिहरुको परिचालन गर्ने, गैर काष्ठ बन पैदावरलाई विशेष जोड दिई आयआर्जनमा बृद्धि गर्ने लगायतका कार्यहरु गरिनेछ । स्थानीय स्रोत परिचालन गर्र्दै गाउँपालिकाबाट पारित कानूनको अधिनमा रही करको दायरा फराकिलो बनाउन प्रयास गरिनेछ । चालु आ.व.मा दर्ताको पक्रियाभित्र समावेश भईसकेको ब्यवसाय÷फर्म वा पसलहरुको नविकरण गर्दा यी ब्यवसायहरुको प्रकृति, लगानीको आकार, दिगोपना, आम्दानीको दर, मुनाफा आदिका आधारमा दर्ता तथा नविकरणको शुल्क निर्धारण गर्ने मापदण्ड तयार गरी फर्म वा ब्यवसायको नविकरण प्रक्रियालाई अघि बढाईनेछ ।
३.     युग सुहाउँदो आर्थिक विकासको लागि खाद्य सुरक्षा एवं जीवनयापनको महत्वपूर्ण आधारको रुपमा रहेको कृषि क्षेत्रको विकासलाई विशेष महत्व दिई स्रोतलाई एकीकृत गरी बजारीकरणमा परिणत गर्न तथा उत्पादकत्वमा बृद्धि गर्नका लागि आवश्यक सिंचाईं सुविधाको विकास र विस्तार, उचित कृषि सामाग्रीको समयअनुकुल यथेष्ठ आपूर्ति, कृषि सडक, कृषि ऋण, अनुसन्धान, प्रविधि विस्तार, विद्युतीकरण, कृषि विमा, लगायत बजार संयन्त्रको विकासमा विशेष जोड दिइनेछ ।
४. हाम्रो निर्वाहमूखी खेती प्रणालीलाई आधुनिक, प्रविधियुक्त, ब्यवसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणलीमा रुपान्तरण गरी दिगो कृषि विकासको माध्यमबाट कृषकहरुको जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका कार्यक्रमहरु सञ्चालनमा जोड दिईनेछ ।
५. गाउँ क्षेत्रभित्र उत्पादनयोग्य जमिनको पहिचान गरी त्यस्तो ठाउँमा सडक खन्ने, बस्ति बसाउने, आवस निर्माणको लागि पलटिङ्ग लगायतका निर्माण कार्यहरुलाई निरुत्साहित गरिनेछ । जमिन बाँझो नराख्नको लागि कृषकहरुलाई कृषि ऋण, विमा लगायत विशेष राहातका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । अन्नवालीका अतिरिक्त नगदेवालीमा विशेष जोड दिइनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई थप व्यबस्थित गरी कृषिको व्यबसायिकरणमा विशेष जोड दिइनेछ । प्रकृति सुहाउँदो विविधतायुक्त कृषि उत्पादनमा जोड दिईनेछ । यसको लागि बनौंमा आलुखेती, बाँसखर्कमा सुन्तलाखेती, लेकफाँट शालिजामा आलु, कफी, सुन्तला, माझफाँट, धाईरिङ्ग, र लाग्लीवाङ्गमा मौसमी तथा बेमौसमी तरकारी, चिया, अलैंची, सुन्तला, लसुन, अदुवा, प्याज, लिची, अम्रापाली आँप, कटहर, कफी, आलु आदिमा विशेष जोड दिई कार्यक्रम सञ्चालन गरिनेछ ।
६. प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी सृजना हुने कृषि तथा गैर–कृषि क्षेत्रहरुको लगानीमा जोड दिइनेछ । गाउँपालिकाभित्र कुनै पनि योजना वा कार्यक्रम छनोट गर्दा रोजगार सृजना गर्ने कार्यक्रमलाई प्राथमिकता दिई विदेशमा पलायन युवा शक्तिलाई स्वदेशमा परिचालन गर्नका लागि स्थानीय स्वरोजगार सृजना हुने वातावरण तयार गरिनेछ । गाउँभित्र प्राप्त रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवस्यक वातावरण मिलाईनेछ । कृषि उत्पादन तथा उत्पादकत्वमा थप बृद्धि गर्नका लागि कृषिको यान्त्रीकीकरण तथा प्रविधि हस्तान्तरणमा विशेष जोड दिईनेछ ।
७. नश्लसुधार सहितको ब्यवसायिक पशु तथा पंक्षी (गाई, भैसी, बाख्रा, कुखुरा, हाँस) पालनमा विशेष जोड दिइ, अण्डा दुध, तथा मासुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन जोड दिइनेछ । पशु तथा पंक्षी ब्यवसायलाई थप ब्यवस्थित बनाउनको लागि सबै वडाको पशु तथा पंक्षीको बस्तुगत विवरण तयार गरिनेछ । दुधको विक्री वितरण सहकारी मार्फत गर्नका लागि कृषकहरुलाई प्रोत्सहान गरिनेछ । स्वस्थ्य, आधुनिक र प्रविधियुक्त बधशालाको स्थापना गरी मासु पसललाई थप ब्यवस्थित गरिनेछ । पंक्षीपालन ब्यवसय सञ्चालनमा स्थानीय जातको कुखुरापालन कार्यक्रमलाई प्याकेज कार्यक्रमका रुपमा सबै वडाहरुमा सञ्चालन गरिनेछ । नमुनाको रुपमा आधुनिक भकारो निर्माणमा जोड दिइनेछ । पशु तथा पंक्षी ब्यवसायको लागि अनुदान रकम भन्दा घुम्तीकोष ब्यवस्थापनमा विशेष जोड दिईनेछ ।
८. गाउँपालिकाको क्षेत्रभित्र गाउँवासीहरुको गरिवी न्युनीकरणमा थप टेपा पु¥याउनको लागि वित्तिय संघ÷संस्था, सहकारी लगायत वडा नं. १ वाँसखर्क, वडा नंं ५ लेकफाँट, वडा नं. ६ शालिजा र वडा नंं ७ धाईरिङ्गमा हाल सामुदायिक विकास कोष मार्फत सञ्चालन हुँदै आएको घुम्तीकोष आदि समेतको परिचालन“महिला, बालबालिका, दलित, गरिव, अपाङ्गता भएका ब्यक्तिहरु, लगायत लक्षित बर्गसँग जलजला गाउँ पालिकाका अध्यक्ष हातेमालो कार्यक्रम” मार्फत परिचालन तथा सञ्चालन गरिनेछ । स्थानीय स्रात, साधन तथा मानव साधन परिचालनको लागि कार्यरत सामाजिक परिचालकहरुको भूमिकालाई थप सशक्त पारिनेछ । यसबाट लक्षित बर्गको आर्थिक बृद्धि हुनुको साथै संस्थागत विकास र सामुदायिक भावनामा समेत थप बल पुग्न जानेछ ।
९.     गाउँवासीको पहिचान तथा आम्दानीको लागि महत्वपूर्ण आधार स्तम्भ मानिने पर्यटन ब्यवसायलाई प्रबद्र्धन गर्नका लागि गाउँपालिका क्षेत्रभित्रका महत्वपूर्ण स्थानहरु जस्तैः गाउँपालिकाको धुरीमा रहेको सिमसार क्षेत्र जलजला, लेकफाँटको फलामेडाडा, नाग्लीवाङको लक्ष्मीनारायण शालिग्राम मन्दिर तथा शुक्लेश्वर महादेव मन्दिर, माझफाँटको कर्णेलको दरबार, कोटमन्दिर, पुर्णगाउँ पोखरी, मल्लाज फड्केढुंगाको देवीको मन्दिर, सिद्धको थान, शिवजीको मन्दिर, लेकफाँटमा रहेको डडकोट, गरुडेश्वर मन्दिर, धाईरिङ्गको भूमेथान मन्दिर, गलेश्वर राममन्दिर कालीगण्डकीको रेफ्टीङ्ग जस्ता प्रसिद्ध प्राकृतिक तथा धार्मिक सम्पदाहरुको थप अध्ययन गरी गाउँस्तरिय पर्यटन गुरुयोजना निर्माण गरेर सार्वजनिक, निजी, साझेदारीकै अवधारणा अनुसार अगाडी बढाइनेछ ।

१०.    गाउँपालिकाभित्र विद्यमान स्थानीय श्रोत र साधनको अधिकतम तथा ब्यवस्थित ढङ्गले उपयोग गरी उद्यम तथा उद्योगहरु मार्फत महिला, विपन्न, दलित, जनजाती, दुर्गम तथा उपेक्षित बर्ग तथा क्षेत्र समेतको पहुँच हुने गरी रोजगार सृजना गरिनेछ ।
११. हाम्रो क्षेत्रभित्र रहेको अल्लो प्रशोधन गरी तयार गरिएको कपडा अन्तर्राष्ट्रय बजारसम्म पुगेको सन्दर्भमा यसको थप उत्पादन गरी निर्यात गर्न उत्पादन तथा प्रशोधनमा विशेष पहल गरिनेछ । हाल आलु तथा सुन्तलाबाट भईरहको आम्दानीमा थप बृद्धि गरी गरिवी न्युनीकरणमा टेवा पुर्याउन संभाब्य ठाउँको पहिचान गरी चिस्यान केन्द्र (कोल्डस्टोर) को निर्माण गरिनेछ । माझफाँट, धाईरिङ्ग नाग्लीवाङ्ग लगायतका ठाउँहरुमा हाल झरेर सड्ने गरेका कडुज तथा सालका पातबाट टपरी बुन्ने उद्योग सञ्चालन गरिनेछ । जसबाट थप आम्दानीमा बृद्धि हुनेछ ।
१२.    स्वदेशबाट विदेश गई पूजी आर्जन गरेर विदेशमै बसेका नेपालीहरुलाई पुनः नेपालमा फर्काई उनीहरुको ज्ञान, अनुभव तथा पूजीलाई राष्ट्रिय हितमा परिचालन गर्न उनीहरुलाई छोटो समयको लागि भए पनि दोहोरो नागरिकताको ब्यवस्थापन सँगै स्वदेश फर्कने वातावरण गर्न संघीय सरकारमा माग गरिनेछ ।
ख. सामाजिक विकास तर्फ ः
१. मुलुक अहिले एकातिर राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै समतामूलक समाज निर्माणमा उन्मुख छ भने अर्काेतर्फ हाम्रो समाज जातीय विभेद, लैंगिक असमानता तथा वर्गीय अन्यायमा ग्रसित छ । यो विभेद, अन्याय र असमानता २१ औं सताव्दीको मानव विकासको लागि वाधक बनेर उभिएको छ । प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा सम्मान हुने सिद्धान्तलाई आत्मसाथ गर्दै प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै गतिविधिको नाममा जात, जाति, बंश, समुदाय, वा पेशाको आधारमा छुवाछुत वा भेदभाव गर्न नहुने अवस्था सृजना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता, र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्ने कार्यक्रमहरु तर्जुमा गरी कार्यन्वयन गरिनेछ ।
२.     गाउँपालिका क्षेत्रमा सामाजिक सांस्कृतिक तथा आर्थिकरुपले पछि परेका, शिक्षा, स्वास्थ्य, लगायत आधारभूत बासस्थान, भूमि र अन्य सुविधाबाट बञ्चित भएका घरधुरीहरुको वास्तविक आर्थिक तथा सामाजिक स्थितिको पहिचान गरी उनीहरुको स्रोतमा पहँुच बढाउन तथा आवाज बलियो बनाइ उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि आगामी आ.व.मा गरिवी बस्तुगत विवरण तयार गरी कार्यान्वयन गरिनेछ । चालु आ.व.मा तर्जुमा गरिएको गाउँपालिकास्तरिय बस्तुगत विवरणका आधारमा सकरात्मक विभेद नीतिलाई अबलम्वन गरी श्रोत प्रवाह गरिनेछ ।
३. विद्यालय खानेपानी तथा सरसफाईको दृष्टिकोणबाट अत्यन्त संवेदनशील क्षेत्र रहेको हुँदा प्रत्येक विद्यालयमा खानेपानीको ब्यवस्था एवं छात्र छात्रामैत्री शौचालय निर्माण गरी “विद्यालयलाई खानेपानी सरसफाई पूर्ण क्षेत्र” (ध्बतभच क्गउउथि बलम क्बलष्तबतष्यल ँचभभ श्यलभ० घोषणा गर्ने कार्यमा जोड दिइनेछ ।
४.    विद्यालयको शैक्षिक गुणस्तर बृद्धि, शिक्षक विद्यार्थीहरुलाई पढ्ने पढाउने वातावरण सृजना गर्न “एक विद्यालय एक पुस्तकालय” को नीति अनुरुप विद्यालय पुस्तकालय स्थापना गर्ने कार्यलाई चालु आ.व. देखि नै मुर्त रुप दिइनेछ । कार्यरत शिक्षकहरुको थप हौशला बढाउनको लागि मासिक पारिश्रमिक भुक्तानीको ब्यवस्था मिलाईनेछ । गाउँपालिकास्तरको शिक्षालाई समय सापेक्षा बनाउनको लागि भौतिक पूर्वाधार, तालिम, भ्रमण, अभिभावक शिक्षा, तथा प्रविधियुक्त, ब्यवसायिक शिक्षा लगायतका विविध शैक्षिक कार्यक्रमहरु सञ्चालनमा विशेष जोड दिइनेछ ।
५.    बालसंरक्षण, बालबचाउ, बालसहभागिता र बालविकासका क्षेत्रमा निर्धारण गरिएका बालमैत्री स्थानीय शासन सम्बन्धी ३९वटा सूचकहरु पुरा गरी हाम्रो गाउँपालिकालाई “बालमैत्री स्थानीय शासन” सहितको गाउँपालिकाको  रुपमा पहिचान स्थापीत गर्नका लागि चालु आ.व.मा कम्तीमा पनि २ वटा वडा घोषणा गर्नको लागि गैर सरकारी संघ÷ संस्थाहरुको साथै नीजि –क्षेत्र समेतको सहयोगमा प्रक्रिया अघि बढाइनेछ ।
६.     प्रत्येक नागरिकको जीवनस्तर सुधारको लागि स्वास्थ्य एक महत्वपूर्ण आधार हो । स्वास्थ्य जनशक्ति देशको सर्वाङ्गीण विकासको लागि अपरिहार्य छ । यस सन्दर्भमा स्वास्थ्य जनताको आधारभुत अधिकार भन्ने विश्वब्यापी मान्यतालाई मध्यनजर गरी स्वास्थ्य सेवालाई प्रत्यक्ष फाईदा पु¥याउने कार्यक्रमहरु सञ्चालन गरिनेछ । गाउँपालिका क्षेत्रभित्र एक घर एक धारा कार्यक्रमलाई आगामी ५ बर्षभित्र पुरा गर्नको लागि आवस्यक श्रोत साधनको ब्यवस्थापनमा जोड दिइनेछ । आगामी आर्थिक बर्षमा जग्गाको आवस्यक ब्यवस्था गरी १५ सैयाको एक गाउँपालिकास्तरीय अस्पतालको  भवन निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।
७. ब्यक्तिमा अन्तरनिहित सिर्जनात्मक प्रतिभा र क्षमतालाई उजागर गर्दै सामाजिक उत्थान गर्न, मानविय मुल्य र मान्यतालाई आत्मसाथ गरी वैज्ञानिक दृष्टिले कार्य सम्पादन गर्न सक्ने गाउँवासी तयार गर्ने हाम्रो सोच अनुरुप सबै सामुदायिक विद्यालयहरुको कम्प्युटर शिक्षा विद्युतीय हाजिरी, सी.सी.क्यामेरा तथा अग्रेजी भाषामा पठनपाठनलाई अनिवार्य सर्त  मानिनेछ । बजारको माग अनुरुपको प्राविधिक शिक्षामा विशेष जोड दिइने छ । शिक्षाको गुणस्तरमा बृद्धि गर्नको लागि शिक्षक, प्र.अ. तथा विद्यालय ब्यवस्थापन समितिलाई कार्य सम्पादन मुल्याङ्कनको आधारमा पुरस्कार तथा दण्डको ब्यवस्थालाई कडाईका साथ लागु गरिनेछ । विद्यालयको आधारस्तम्भको रुपमा रहेको प्रारम्भीक बाल कक्षामा पठन पाठन गर्ने शिक्षिकाहरुलाई गाउँपालिकाको श्रोत र साधन हेरी संभव भए सम्म थप प्रोत्सहान भत्ताको ब्यवस्था मिलाईनेछ । थप सेवा सुविधाको लागि संघीय सरकारमा अनुरोध गरिनेछ ।
८.    विद्यार्थी संख्याको अनुपात, बस्तिको भौगोलिक अवस्थिती तथा नजिकको विद्यालय पुग्ने दुरीको नक्साङ्कन समेत गरी समुदायकै परामर्श बमोजिम विद्यालयहरु एकिकरण गरी थप शैक्षिक वातावरण कायम गर्न प्रयास गरिनेछ ।
९.गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने विभिन्न जातजातीहरुको मौलिक पनलाई प्रवद्र्धन गर्नको  लागि उनीहरुको भाषा, धर्म, कला, संस्कृति, परंपरा, रितीरिवाज, नाट्यकला, ललितकला आदिको संरक्षणमा विशेष ध्यान दिइनेछ ।
१०.जलजला गाउँपालिकालाई पूर्ण तथा स्वच्छ गाउँमा परिणत गर्नको लागि दैनिक उत्पादन हुने फोहोरलाई प्रत्येक घरधुरीमा कुहिने र नकुहिने छुट्टा छुट्टै डष्वीनको ब्यवस्था गरी गाउँ क्षेत्रभित्र कम्पोष्ट मल उत्पादन र प्रयोगमा गाउँवासीलाई उत्साहित गरिनेछ । गाउँपालिकाभित्रका लामाखेत, बगर, वारीवेनी, मिलनचोक, लस्ती आदि ठाउँहरुमा  दिर्घकालीन फोहोर ब्यबस्थापनको लागि विसर्जन केन्द्र (ीबलम ाष्िि कष्तभ) को आवस्यक विकल्प खोजी दिगो ब्यवस्थापनको लागि कार्यक्रमहरु तर्जुमा गरिनेछ ।
११.गाउँपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पहिचान, संरक्षण, विकास र प्रवद्र्धनमा जोड दिइनेछ ।
१२.राज्यले हालसम्म क र ख बर्गका अपाङ्गता भएका ब्यक्तिहरुलाई मात्र संबोधन गरेको सन्दर्भमा जलजला गाउँपालिकाले ग र घ बर्गको परिचयपत्र प्राप्त ब्यक्तिहरुको शारीरिक, मानसिक तथा आर्थिक अवस्था समेतलाई विश्लेषण गरी उनीहरुको क्षमता अभिबृद्धि र आयआर्जनको लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
उपस्थित गाउँ सभा सदस्यहरु
१३. सामाजिक न्यायको दृष्टिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण आजको जल्दोबल्दो विषय हो । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मुद्धालाई सम्वोधन नगरिएको विकास अपुर्ण हुन्छ । लैंङ्गिता, भौगोलिक विकटता, अपाङ्गता, जातजाती, बालबालिका तथा बृद्धवृद्धाहरु र विकासको मूलधारबाट पछि परेकाहरुको संख्या र उनीहरुको वास्तविक आवस्यकताहरुको पहिचानलाई प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गरिनेछ । चालु आ.व. मा गाउँपालिकाको कम्तीमा पनि एक वडालाई लैङ्गिक हिंशा मुक्त वडा घोषणा गर्न पहल गरिनेछ
१४. राष्ट्रिय विकास एवं सामाजिक, राजनैतिक,आर्थिक जीवनका सबै पक्षमा सबै जातजाती र क्षेत्रका महिलाको समान अधिकार सुनिश्चित गर्दै लैङ्गिक रुपले समावेशी र समतामूलक गाउँ निर्माण गर्ने उद्देश्य अनुरुप कार्यालयमा एक जेसी फोकल पर्सनको ब्यवस्था गर्नुको साथै गाउँपालिकाका ९ वटै वडाहरुमा जेसी लेखाजोखा गरी ३ बर्षे कार्ययोजना बनाई लक्षित बर्गका कार्यक्रमहरु सञ्चालन गरिनेछ
१५. लैङ्गिक हिंसा निरुत्साहित गर्नका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी सुन्य सहनशिलताको अवस्था सृजना गरिनेछ ।
१६ खेलकुदलाई युवा जीवनको अभिन्न अङ्गको रुपमा विकास एवं विस्तार गरी गाउँपालिकाभित्र स्वस्थ र अनुशासित नागरिक तयार गर्ने सोच अनुरुप खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदका कार्यक्रमहरुमा सहभागी गराउनुका साथै एक गाउँस्तरिय खेलमैदान र क्रमश वडास्तरिय खेलमैदान तथा खेल सामाग्रीहरुको व्यवस्थापनमा जोड दिइनेछ ।
१७.जेष्ठ नागरिक लगायतलाई उपलब्ध गराईने सामाजिक सुरक्षा भत्ता रकम ब्यक्तिगत बैंक खाता सञ्चालन गरी छिटो, सजिलो र पारदर्शि ढंगले वितरण गर्ने ब्यवस्था मिलाईनेछ । हाम्रा सम्मानीत ब्यक्तित्व जेष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र स्थापना गर्नुको सार्थै ८० बर्ष पुरा भएका जेष्ठ नागरिकहरुको लागि जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।
१८.प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गर्दै सीप विकासको माध्यमद्धारा स–साना आयआर्जनका क्रियाकलापहरुलाई उद्यममा परिणत गरी गरिवीका रेखामुनी रहेका घरधुरीहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकाभित्र उत्पादन हुने लप्सी क्याण्डी, जाम, जेली, अचार, छाला अल्लाको कपडा, ढाका बुनाइ, भाँगो, भाmेला, तरकारी प्रशोधन, टिका, सावुन, गोलभेडा, मौसमी तथा बेमौसमी काँक्रो, न्यालाको टुसा, माहुरी पालन आदिलाई कोशेलीघरहरु मार्फत विक्री गरिने व्यवस्था मिलाइनेछ ।
१९.गाउँपालिकाभित्र गठित गैर–सरकारी संस्थाहरु, युवाक्लव, आमा समुह तथा सामुदायिक संस्थाहरुलाई गाउँपालिकाद्धारा सम्पादन हुने कार्यक्रम, अभियान तथा सेवा प्रवाहमा साझेदार संस्थाका रुपमा अंगिकार गरिनेछ
ग.पूर्वाधार विकास तर्फ ः
उपस्थित गाउँसभाका सदस्यहरु,
१.    गाउँपालिकाको वडा नं. १ बाँसखर्कदेखि वडा नं. ९ बनौंसम्मका जनताहरुको हितलाई मध्येनजर गरी गाउँपालिकाद्धारा सम्पादित निर्णयहरु, राज्यद्धारा निर्देशित बर्तमान कानून आदि समेतका आधारमा गाउँपालिकाका जनप्रतिनिधिहरुमा निहित अधिकारको उपयोग गर्दै दिगो, निशुल्क तथा न्युनतम मुल्यमा प्रर्याप्त अर्थात कम्तीमा पनि १५ रोपनी जग्गा गाउँपालिका वडा नं. ४ भित्र मापदण्डका आधारमा प्रतिस्पर्धात्मक वातावरण तयार गरी गाउँपालिकाको भवन निर्माणको लागि जग्गा खरिद गरिनेछ । भवन निर्माण तथा जग्गा खरिदको लागि आगामी आ.व.मा आवस्यक बजेट विनियोजन गर्ने ब्यवस्था गरिनेछ । केन्द्रको लागि जग्गा खरिद तथा भवन निर्माणका लागि आवस्यक पर्ने बजेट विनियोजन गरी केन्द्रको टुंगो लगाउने कार्यलाई पहिलो प्राथमिकता दिईने ब्यहोरा म यस सम्मानित सभामा अनुरोध गर्दछु । आफ्नै स्वामित्वमा वडा कार्यालयका भवन विहिन वडाहरुमा वडा कार्यालयहरुको सिग्र निर्माण कार्य अघि बढाउनको लागि समेत बजेटको ब्यवस्था गरिनेछ ।
२. सुरक्षित तथा भरपर्दाे यातायात सेवाको पहुँच बृद्धि गरी गाउँवासीको आवगमनको अधिकार संरक्षण गर्दै आर्थिक बृद्धिमा ठोस टेवा पु¥याइनेछ । यसको लागि गाउँपालिकाको केन्द्रदेखि सबै वडा केन्द्रहरुमा बाह्ै महिना चल्ने ग्रामीण सडक (ब्िि धभबतजभच च्यबम) को विकासमा जोड दिइनेछ । चालु आ.व. मा दातृ निकाय समेतको सहयोग लिई एक गाउँपालिकास्तरिय सडक गुरु योजना (ख्त्ःए) तयार गरी गाउँपालिकाभित्रका सबै वडा कार्यालयमा पुग्ने ग्रामीण सडकहरु प्राथमिकताको आधारमा क्रमशः कालोपत्रे गर्दै जाने नीति अंगिकार गरिनेछ । वडा नं. ४ मोहोनचोक, पचभैया हुँदै फड्के ढुङ्गा जोड्ने गाउँपालिकास्तरीय ग्रामीण सडकको नाली निर्माण ढलान, लगायत कालोपत्रे गरी स्तरउन्नती गर्ने कार्यलाई ५ बर्षे कार्य योजनामा समावेश गरी कार्यान्वयन गरिनेछ । सघीय सरकार तथा प्रदेश सरकारको प्राथमिकतामा नपरेका योजनाहरुलाई गाउँपालिकाले प्राथमिकता दिई कार्यान्वयन गर्ने नीति अबलम्वन गर्नेछ ।
३. सबै वडावासीहरुको पहुँच पुग्ने गरी गाउँतरिय चक्रपथको निर्माणमा जोड दिइनेछ ।
४. गाउँपालिका क्षेत्रभित्रको उर्वरायुक्त भुमिको क्षेत्र निर्धारण गरी कृषि भूमिलाई बाह्ै महिना सिंचाईं सुविधाको व्यवस्था गरी उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी गाउँको आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धनमा जोड दिनको लागि आधुनिक प्रविधियुक्त सिंचाईं प्रणालीको विकासमा जोड दिइन्छ ।
५.सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोग लिई गाउँको भुउपयोग योजना निर्माण गरी एकिकृत जग्गा विकास कार्यक्रमको कार्यान्वयनमा जोड दिनुको साथै गाउँपालिकालाई थप ब्यवस्थित बनाउन राष्ट्रिय भवन संहिता, २०७२ कार्यन्वयनमा ल्याईनेछ ।
उपस्थित सदस्यहरु,
६.धार्मिक तथा भौगोलिक हिसावले विशेष महत्व राख्ने कालीगण्डकी नदि सहित नदीसँग सम्बन्धित नीजि जग्गा समेतको उचित संरक्षण गरिनेछ । यसको लागि प्रारम्भीक वातावरणीय प्रभाव मुल्याङ्गकन प्रतिवेदनका आधारमा गाउँपालिकाको अधिकांश क्षेत्र ओगट्ने कालीगण्डकी किनारमा फैलिएका ठूला ठूला वगरहरुको कानून बमोजिम उचित सदुपयोग गर्दै ठूला प्रकृतिका क्रसर उद्योग, ईंट्टा उद्योग, हाईड्रो पावर स्थापना तथा सञ्चालनको लागि बाह्य सहयोग समेत जुटाई विशेष लगानी गरिनेछ । यस्ता उद्योगहरुमा युवा जनशक्तिलाई रोजगारी मिल्नुको साथै गरिवी न्युनीकरणमा सहयोग पुग्न जाने र गाउँपालिकाको आन्तरिक आयस्रोतमा बृद्धि हुन जाने विश्वास लिइएको छ ।
७. विद्युतको विकाससँगै यसको दिगोपनाको लागि गाउँपालिकाभित्र प्रयोगमा रहेका काठका विद्युत पोलहरु फलामे पोलद्धारा विस्थापन गर्नुको साथै गाउँपालिकाभित्रका मुख्य बजार केन्द्रमा क्रमशः सौर्य सडक बत्ति जडान कार्यक्रममा जोड दिइनेछ ।
८.सूचना तथा सञ्चार सेवा र प्रविधिलाई समसामयिक, प्रभावकारी तथा गुणस्तरिय बनाउनको लागि हाल सञ्चालनमा रहेका टेलिफोन तथा मोवाईल टावरहरुको गुणस्तर बृद्धिको लागि आवस्यक पहल गरिनेछ ।
९.राष्ट्रकै समस्याको रुपमा रहेको ग्रामीण क्षेत्रबाट बैदेशिक युवा पलायनलाई निरुत्साहित गरी स्थानीय स्तरमा स्वरोजगार अभिबृद्धि गर्नका लागि हाम्रो पहलमा बेनी कालीगण्डकी हाईड्रो पावरको सिग्र कार्यान्वयन हुन गईरहेको ब्यहोरा म अनुरोध गर्न चाहान्छु । कार्यान्वयनसँगै स्थानीय युवा रोजगारीको लागि अवसर सृजना गरिनेछ ।
१०.गाउँपालिकाभित्र परंपरागतरुपमा सञ्चालन हुँदै आएका तर आधुनिक प्रविधिका कारण ओजेलमा परेका ब्यवसायहरुको  प्रवद्र्धनको लागि सीपमूलक तालिमहरु सञ्चालन गर्नुका साथै प्रविधि हस्तान्तरणमा विशेष पहल गरिनेछ । स्थानीय युवा स्वरोजगारको लागि उद्यम सम्बन्धी प्रारम्भीक तालिमको आयोजना गरी उनीहरुको ईच्छा शक्तिका आधारमा थप ब्यवसायीक तालिमको ब्यवस्था गरिनेछ । यसबाट स्वरोजगारको वातावरण सृजना भई बेरोजगारी समस्या समाधान गर्न सहज हुन जानेछ ।
११.हाम्रो गाउँपालिकाभित्र कार्यान्वयन गरिने पूर्वाधार विकासका कार्यक्रमहरु जस्तै सडक, पूल, उद्योग, कलकारखाना आदि नीजि तथा सार्वजनिक जग्गामा सञ्चालन गर्दा गाउँपालिकाले तर्जुमा गरेको कानूनको परिधीभित्र रही अनिवार्यरुपमा पूर्व स्विकृत लिएर मात्र सञ्चालन गर्नुपर्नेछ ।
१२.स्थानीय स्तरका समस्याहरुको पहिचान गर्ने, प्राथमिकीकरण गर्ने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने लगायतका सम्पूर्ण कार्यहरुको जिम्मेवरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ले स्थानीय सरकारलाई दिएको वर्तमान सन्दर्भमा गाउँपालिकाको क्षेत्रधिकारभित्र सञ्चालन गर्ने गरी प्रदेश तथा संघीय सरकारबाट विनियोजित बजेट तथा कार्यक्रमहरु सिधै गाउँपालिका मार्फत गर्नको लागि प्रदेश तथा केन्द्रिय सरकारमा माग गरिनेछ ।
घ.वातावरण तथा विपद् व्यवस्थापन

१.  हरित विकासको अवधारणा अनुरुप मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनबाट हुने प्रतिकुल असरबाट अनुकुलित हुने गरी गाउँ क्षेत्रभित्र कार्यक्रमहरु तर्जुमा तथा सञ्चालन गरिनेछ । हाम्रो गाउँपालिकाको गौरवको रुपमा रहेको सिमसार क्षेत्र जलजलाको विकासको लागि विशेष पहल गरिनेछ । आवस्यक पर्ने जग्गा लिजमा लिई धाईरिङ्गको मिलनचोकदेखि जलजला देखि मोदी गाउँपालिका हुँदै कास्कीको नयाँपूलसम्म केवुलकारको निर्माण काठमाण्डौस्थित चन्द्रगिरीको मोडेलमा डिजाईन सर्भे गर्न तथा कार्यान्वयनको लागि दातृ निकायको खोजी गर्ने कार्यलाई तिव्रता दिईनेछ । यस कार्यक्रमको कार्यान्वयनको लागि गैर आवसीय नेपाली लगायत अन्य कम्पनीहरुसँग समेत सहकार्य गरिने ब्यहोरा म अनुरोध गर्न चाहान्छु ।
२. वातावरण संरक्षणसँग सम्बन्धित कानूनहरुको तर्जुमा गरी जनस्तरमा वातावरणीय चेतना र सावधानी जगाउने कार्यक्रमहरु सञ्चालन गरिनेछ । जलवायु परिवर्तन अनुकुलन कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
३. वातावरण र जलवायु परिवर्तनका क्रियाकलापहरुमा दातृनिकाय, गैर सरकारी संस्था, सामुदायिक संस्था एवं अन्य निकायहरु बीच समन्वय र साझेदारीमा कार्यक्रमहरु सञ्चालन गरिनेछ । भू–क्षय नियन्त्रणको लागि त्यस्ता ठाउँहरुको पहिचान गरी तारजाली लगायतका सामाग्रीहरुको ब्यवस्थापनमा जोड दिईनेछ ।
४. प्राकृतिक स्रोतबाट प्राप्त आयको कम्तीमा पनि ५ प्रतिशत रकम प्राकृतिक स्रोत र साधनको संरक्षण तथा वातावरणीय अनुसन्धान र विकासमा खर्च गर्ने ब्यवस्था गरिनेछ ।
५. गाउँ क्षेत्रभित्र रहेका जलाधार क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रमा रहेका पानीका मूल, पोखरी, कुवा, खोला आदिको उचित संरक्षणमा जोड दिइनेछ ।
६. गाउँपालिका क्षेत्रभित्रका मुख्य तथा शाखा सडकका किनारहरुमा बृक्षरोपण गर्ने गाउँका सबै वडाहरुका प्रत्येक घरधुरीमा मौसम अनुसारका फलफुल तथा सार्वजनिक स्थानहरुमा धार्मिक तथा वातावरणीय महत्व बोकेका जातका विरुवाहरु जस्तै वर, पिपल, स्वामी, रुद्राक्ष आदि रोपिनेछ । सान्ति बाटिकाको अवधारणालाई गाउँका सबै वडाहरुमा कार्यन्वयन गर्नका लागि कार्यक्रम तर्जुमा गरिनेछ ।
७. गाउँपालिकामा वातावरण संरक्षण तथा दैवी ब्यवस्थापनको लागि एक बारुण यन्त्र खरिद गर्न दातृ निकाय तथा केन्द्रिय सरकार र प्रदेश सरकारमा अनुरोध गरिनेछ । निजी तथा अन्य संघ÷संस्थाहरुको साझेदारीतामा गाउँस्तरिय एक जलवायु अनुकुलन योजना तयार गरी सञ्चालनमा ल्याईने ब्यहोरा पनि म यस सम्मानीत सभामा अनुरोध गर्न चाहान्छु ।
८. गाउँ क्षेत्रभित्रका प्रकोप नियन्त्रण गर्नुपर्ने स्थानहरुको पहिचान गरी संभाब्य प्रकोप, नदि कटान आदिलाई विचार गरी बस्ति संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
९. वडा तथा गाउँस्तका योजनाहरु तर्जुमा गर्दा दिगोपना, स्थानीय स्रोत साधनको उपयोग, जनसहभागिता जुट्ने तथा ठूलो लागत र धेरै जनसंख्या लाभान्वित हुने प्रकृतिका योजना÷कार्यक्रम सञ्चालनमा जोड दिइनेछ । गरिवी निवारण गर्ने स–साना प्रकृतिका योजना÷कार्यक्रमको व्यवस्थापन स्वयं सम्बन्धित वडाले गर्ने व्यहोरा पनि यस कार्यक्रममा अनुरोध गर्न चाहान्छु ।
१०.वातावरण संरक्षणको साथै दिगो विकासमा टेवा पु¥याउन गाउँपालिकाभित्र सबै ग्रामीण सडकहरुको डि.पी.आर.गरी अघि बढ्ने बातावरण सृजना गर्न पहल गरिनेछ । केवुलकारको व्यवस्था गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउनका लागि आगामी साल प्राविधिकबाट संभाव्यता अध्ययन गर्न आवस्यक कोषको ब्यवस्था गरिनेछ ।

११..स्थानीय सरकार सञ्चालन ऐनमा भएको ब्यवस्था अनुसार आगामी सालदेखि गाउँपालिका क्षेत्रभित्र खरिद गरिएका सवारीका साधनहरुको गाउँपालिकामा दर्ता तथा नविकरण गर्ने प्रत्रियलाई अगाडि बढाईनेछ । गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक सवारीका साधनहरुको रोड परमिट उपलब्ध गराउने प्रक्रियाको प्रारम्भ गरिनेछ । बातावरण संरक्षणमा सहयोग पु¥याउन नसक्ने सवारीका साधनहरु चलाउनको लागि रोक लगाईनेछ ।
१२. संघीय संरचना तथा कानूनको मर्म अनुसार स्थानीय तहमा समायोजन भईसक्नुपर्ने विषयगत कार्यालयहरु जस्तै जिल्ला वन कार्यालय, मालपोत, नापी आदिलाई आगामी श्रावण १ गतेदेखि लागु हुने गरी समायोजनको प्रक्रिया अघि बढाउन संघीय सरकारमा पहल गरिनेछ ।
ङ संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ
१. राज्यको चौंथो अंगको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मिडियालाई यस गाउँको हरेक पक्षहरुमा साझेदार निकायका रुपमा ःभ्म्क्ष्ब् ँच्क्ष्भ्ल्म्ीथ् भई सहकार्य गर्ने नीति अबलम्वन गरिनेछ ।
२. गाउँवासीहरुलाई चुस्त, दुरुस्त छिटो गुणस्तरिय सेवा प्रवाह गर्नको लागि गाउँपालिकाको कार्यालय तथा वडाहरुमा कार्यरत सबै तहका कर्मचारीहरुलाई समय समयमा कार्यालय ब्यवस्थापन तथा क्षमता विकास सम्बन्धी तालिम, भ्रमण, अभिमुखिकरण गोष्ठि आदि कार्यक्रमहरु तर्जुमा गरिनेछ । स्थानीय तहको लागि तर्जुमा गरिएका कानूनको मातहतमा रही विज्ञको सहयोगमा कर्मचारीहरुको संस्थागत विकास (इम्) गरी संगठनात्मक चार्ट तयार गर्नुको साथै कर्मचारी ब्यवस्थापनमा विशेष जोड दिइनेछ ।
३. गाउँपालिका र गाउँवासीवीच सेवा प्रवाहमा पहुँच विस्तार गर्न, सेवा प्रवाहलाई जनमुखी, पारदर्शी, जवाफदेही, तथा सुशासनका आधारभुत मान्यता अनुरुप सञ्चालन गर्नको लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ । कार्यालयमा गुनासो सुन्ने अधिकारी (ल्इइम्ीभ् इँँक्ष्ऋभ्च्० को ब्यवस्था गरिनेछ ।
४. गाउँपालिका तथा वडा कार्यालयहरुद्धारा सम्पादन गरिएका हरेक क्रियाकलापहरु, कार्यक्रम÷योजना, लगानी, फाइदा, समस्या, चुनौती आदिका वारेमा प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण, स्थानीय एफ.एम.तथा पत्र पत्रिकाहरुमा सार्वजनिक, सूचना पार्टीमा टाँस गर्ने आदि कार्यलाई गाउँपालिकाको नियमित कार्य मानिनेछ ।
५. गाउँपालिका तथा वडा कार्यालयहरुमा नागरिक वडापत्र अनिवार्यरुपमा राख्ने व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ ।
६.    गाउँपालिकाले आफ्नो क्षेत्रको विकासको लागि स्थानीय स्तर तथा जिल्लास्तरमा कार्यरत सरकारी निकाय, बाह्य संघ÷संस्था र पदाधिकारीहरुसँगको सम्बन्धलाई बलियो बनाउने नीतिलाई अबलम्वन गर्नेछ । तर गाउँपालिकाको सहमती वा समन्वय विना गाउँपालिकाको क्षेत्रभित्र सञ्चालन हुने गतिविधिहरुमा भने गाउँपालिकाको कुनै पनि प्रकारको सहभागिता नरहने नीति तर्जुमा गरिनेछ ।
७. गाउँपालिकाको वडा नं. ६ शालिजामा मानव जीवनसँग सम्बन्धित जस्तैः पूर्वाधार, स्वास्थ्य, शिक्षा, संस्कृति, वातावरण संरक्षण आदि सबै प्रकारका सेवा सुविधाहरुको अभिबृद्धि गरी एक नमुना गाउँको रुपमा स्थापीत गर्नको लागि विशेष कोषको समेत ब्यवस्था गरिनेछ ।
८. सहज तथा ब्यवस्थित ढंगले गाउँपालिकाका कार्यहरुलाई सम्पादन गर्नका लागि गाउँ कार्यपालिकाको कार्यालय लगायत वडा कार्यालयहरुमा  विद्युतीय हाजीरी, सि.सि.क्यामेरा, कम्प्युटर, ईन्टरनेट (ऋइःएग्त्भ्च्, क्ष्ल्त्भ्च्ल्भ्त्० लगायत टेलिफोन सेवको पहुँचमा विशेष जोड दिईनेछ ।
९. पाहुना ईश्वर हुन भन्ने हाम्रो संस्कृतीलाई थप प्रवद्र्धन गरी मानव सभ्याताको अभिबृद्धिमा जोड दिनको लागि गाउँपालिकाभित्र संभाव्यता अध्ययन गरी होमस्टे तथा खाजाघरको ब्यवस्था गरिनेछ ।
१०.स्थानीय जनप्रतिनिधिहरुलाई थप हौसला प्रदान गरी विकास तथा सेवा प्रवाहमा उहाँहरुको थप योगदानमा अभिबृद्धि गर्न उद्देश्य अनुरुप हामीले चालु आ.व. बाट लागु हुने गरी न्युनतम पारिश्रमिकको ब्यवस्था गरिएको व्यहोरा जानकारी गराउन चाहान्छु । हाल वडा अध्यक्षहरुको कामको बोझ बढीरहेको परिवेशमा नीजहरुको भूमिकालाई यथावत राखी गाउँपालिकाका सदस्यहरु तथा गाउँसभाका सदस्यहरुलाई विषयगत समितिहरुमा स्थान दिई गाउँपालिकाको संस्थागत विकासमा थप भूमिका वढाउने कार्य गरिनेछ । जनतालाई सहज, छिटो र  छरिता ढंगले सेवा प्रवाह गर्नको लागि प्रत्येक वडा कार्यालयमा विहान ठिक १०.०० बजेदेखि बेलुका ५.०० बजेसम्म अनिवार्य रुपमा जनप्रतिनिधि सहितको खुला कार्यालय रहने ब्यवस्था मिलाईनेछ । वडास्तरका जनप्रतिनिधिहरु जनताका सबैभन्दा नजिकका साथी हुन् भन्ने मान्यताका आधारमा उहाँहरु मार्फत सञ्चालन गर्ने गरी लक्षित बर्गमूखि तथा अन्य स–साना प्रकृतिका योजनाहरु सञ्चालन गरिनेछ । यसको लागि वडाको भौगोलिक अवस्था, जनसंख्याको आकार तथा वडाको आन्तरिक आय समेतलाई मापदण्ड बनाई बजेट विनियोजन गरिनेछ ।
११.गाउँपालिकाबाट बार्षिकरुपमा व्रोसर, प्रत्येक चौमासिकमा बुलेटिन तथा प्राप्त उपलब्धीहरु प्रकाशन गरी गाउँवासीको हात हातमा पु¥याइने ब्यहोरा पनि म यस सम्मानीत सभामा अनुरोध गर्न चाहान्छु  ।
अन्त्यमा,
प्रस्तुत् नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि यहाँहरुको निरन्तर सहयोगको अपेक्षाका साथ पुनः सबैमा हार्दिक आभार प्रकट गर्दै यो प्रस्तुतिको विट मार्ने अनुमती चाहान्छु ।

धन्यवाद !

 
                                                    यामबहादुर मल्ल (रामकृष्ण)
                                                                          अध्यक्ष
                                                                जलजला गाउँपालिका
                                                                 ४ नं. प्रदेश, नेपाल  

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000