सन् २०२० सम्म परमाणु हतियार समाप्त गर, उत्तर कोरियाः अमेरिका

काठमाडौं, जेठ ३१–उत्तर कोरियाले अबको साढे दुई वर्षभित्र परमाणु निश्शस्त्रीकरण गरेर देखाओस् भन्ने अमेरिकाले इच्छा व्यक्त गरेको छ । दक्षिण कोरियाको यात्रामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियासँग ‘एक गहन सम्झौतामाथि काम हुन अझै बाँकी’ भएको बताएका छन् । उनले भने, ‘अत्यधिक मात्रामा निश्शस्त्रीकरण । हामीलाई आशा छ कि यो लक्ष्यलाई साढे दुई वर्षमा हाँसिल गर्न सकिनेछ ।’ अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको ऐतिहासिक भेटवार्ताको एक दिन पछि आएको हो ।

दुबै नेताले वान टु वान वार्ताको क्रममा ‘कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा परमाणु हतियारमुक्त गर्ने दिशामा अघि बढ्ने’ विषयमा सहमती गरेका छन् । तर उक्त सम्झौतामा उत्तर कोरियाले कहिले र कसरी आफ्नो हतियार छोड्ने भन्ने बारे स्पष्ट जानकारी उल्लेख छैन । यसै कारण सम्झौताको आलोचना भइरहेको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको तर्फबाट अब परमाणु खतरा नभएको र ‘हरेक व्यक्तिले अब अत्यधिक सुरक्षित महसुस गर्नसक्ने’ बताएका छन् । बीबीसी

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000