संविधान मिचेर न्यायाधीश नियुक्त

काठमाडौं, जेठ ३१–संविधानको मर्म विपरित न्याय परिषद्ले परिक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ती सिफारिस गरेको पाइएको छ । परिषद्ले संबीधानको धारा १ सय ४९ (क) लाइ मीचेर (ख) र (ग) बमोजिम न्यायाधिश नियुक्ती गरेको खुलेको हो ।

संविधानको धारा एक सय ४९ (ख) वमोजिम १३ जना र (ग) वमोजिम ३ जना न्यायाधीश नियुक्ती भएको न्याय परीषद् सचिवालयले जनाएको छ । न्याय सेवा आयोगले संविधानको धारा एक सय ४९ (ख) र (ग) मा उल्लिखित उम्मेद्धारहरुको लागि परिक्षा लिएको थियो ।

संबिधानको धारा १४९ को २ (क) मा रिक्त पदमध्ये बीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा न्यायाधीश नियुक्ती गरिने उल्लेख छ ।

तर परिषद्ले क बमोजिम रहेका आठ जना न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कार्यरतलाइ मिच्दै ‘ख’ र ग बमोजिम न्यायाधीश नियुक्त गरेको खुलेको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले मर्यादाक्रम नमिची न्यायाधीश नियुक्ती गरिनुपर्ने बताउँदै नेपाल समाचारपत्रसंग भन्नुभयो,– ‘मर्यादाक्रम मीचेर अरुहरुलाइ निराश पार्नु हुँदैन थियो । यसमा अन्याय भएकै छ ।’, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000