मरेका मान्छेको नाममा भत्ता निकासा गर्ने वडाअध्यक्षको धम्की

पर्वत, जेठ ९–आफु निर्वाचित भएपछि निरन्तर मरेका मान्छेको नाममा सामाजिक भत्ता निकासा गर्दै आएका कुश्मा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भिमबहादुर गुरुङले पत्रकारबिरुद्ध धम्कीपूर्ण विज्ञप्ती प्रकाशन गरेका छन् ।

आफु निर्वाचित भएपछि आफै घरघरमा नगद बितरण गर्ने नाममा नगरपालिकामा पैसा नआउदै एक सहकारी संस्थाबाट समेत सापटी लिएर भत्ता बितरण गर्ने नाटक रचेका गुरुङसहितका पदाधिकारीले सामाजिक सुरक्षा भत्ता बितरणमा भएको घोटाला सार्वजनिक गरेको आक्रोशमा पत्रकारबिरुद्ध धम्कीपूर्ण विज्ञप्ती प्रकाशन गरेका हुन ।

नागरिक दैनिक, कान्तिपुर दैनिकसहित विभिन्न पत्रपत्रिका र अनलाइनले मरेका मान्छेको नाममा निरन्तर लाखौ रुपैया घोटाला भएको प्रमाणसहित समाचार प्रकाशन गरेपछि अध्यक्ष भीमबहादुर गुरुङसहितका पदाधिकारीले आत्तिएर पत्रकारलाई समाचार लेखेको बिषयमा चेतावनी दिएका छन् । मरेका मान्छेको नाम र निकासा भएको मितिसम्म प्रष्ट रुपमा उल्लेख गरेर लेखिएको समाचारबिरुद्धमा वडाअध्यक्ष गुरुङले समाचार सच्याउन र माफी माग्न चेतावनी दिएका छन् ।

सामाजिक सुरक्षा भत्ता बितरणमा मरेका मान्छेको नाममा भत्ता निकासा भएको पुष्टि भएपछि समाचार लेखिएको भएपनि दुरुपयोग र घोटाला भएको रकम राज्यको खातामा फर्काउने पहल गर्नुको सट्टा वडाअध्यक्ष गुरुङले धम्क्याएरै आफ्नो गल्ती ढाकछोप गर्ने प्रपञ्च गरेका हुन ।

हेर्नुस् मरेको मान्छेको भत्ता निकासा गर्ने वडाका पदाधिकारीले निकालेको धम्कीपूर्ण विज्ञप्ती

नागरिक दैनिकले कुश्मा–१४ को भत्ता घोटालामा प्रकाशित गरेको समाचार

पर्वत, जेठ ३–कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाडाखर्कका मसन्ती गुरुङका ३ बैशाख २०७२ मा मृत्यु भयो । १ साउन १९९३ मा जन्मिएर ८१ बर्षको उमेरमा मृत्यु भएकी गुरुङको ६ असार ०७४ मा मात्रै मृत्यु दर्ता भयो । वडा कार्यालयको रजिष्टरमा मृत्यु दर्ता भएपनि उनको नाममा नगरपालिकाले गत फागुन मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ ।
आर्थरडाडाखर्ककै बृद्धिबहादुर विकको ३ जेठ ०७४ मा ८६ बर्षको उमेरमा मृत्यु भयो । वडा कार्यालयले ६ असार ०७४ मा मृत्युदर्ता पुस्तिकामा नाम चढाइसकेको बुद्धिबहादुरको नाममा पनि चालु आर्थिक बर्षको चौमासिकसम्मको भत्ता निकासा भइसकेको छ ।
कुश्मा–१४ आर्थरडाडाखर्ककै बालसरी सुनारको ४ साउन ०७४ मा निधन भयो । ५ साउन १९९६ सालमा जन्मिएर ७७ बर्षको उमेरमा निधन भएकी बालसरीको वडा कार्यालयमा ०७४ कार्तिक १ गते मात्रै मृत्यु दर्ता भएको छ । तर उनको नाममा ०७४ फागुन मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता निकासा भइसकेको छ ।
अर्सनी, बृद्धिबहादुर र बालसरी मात्रै होइन, कुश्मा नगरपालिका वडा नम्बर १४ ले वडाका डेढ दर्जन मरेका मान्छेको नाममा भत्ता निकासाका लागि सिफारिस गरेको छ । वडाका सिफारिसपछि उनीहरुको नाममा भत्ता निकासा भइसकेको कुश्मा नगरपालिकाले जनाएको छ ।
वडा कार्यालयले पहिलो चौमासिकमा नगद रकम निकासा गरेर गाउँमा लगेर नगदै बितरण गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता लाग्दा पनि चुनावमा प्रभावपर्ने गरी वडा अध्यक्ष भिमबहादुर गुरुङसहितका जनप्रतिनिधिले नगद बितरण गरेका थिए । उक्त समयमा समेत मरेका मान्छेको रकम निकासा भएको पाइएको छ ।
दोस्रो चौमासिकमा वडा कार्यालयले डेढ दर्जन मरेका मान्छेसहित पाँच सय ५४ जनालाई भत्ता निकासा गर्न सिफारिस गरेको छ । वडाको सिफारिसपछि नगरपालिकाले दोस्रो चौमासिकको भत्ताको रकम निकासा गरिसकेको छ । वडा अध्यक्ष भीमप्रसाद गुरुङले मरेको मान्छेको नाममा भत्ता निकासा नभएको बताए । ‘मरेको मान्छेको नाममा भत्ता निकालेका छैनौ, बैंकमार्फत नै सम्बन्धित ब्यक्तिलाई भत्ता बितरणको काम भएको छ’ उनले भने ।
गुरुङले भत्ता निकासा नभएको दाबी गरेपनि उनले नै मरेका मान्छेको नाममा भत्ता निकासा गर्न नगरपालिकामा सिफारिस गरेका छन् । यसअघि तत्कालिन गाउँ विकास समितिका सचिवहरुले भत्ता बितरण गर्दा करोडौबढी रुपैयाँ एकैबर्ष घोटाला भएको पाइएको थियो । भत्तामा ब्यापक अनियमितता भएको पाएपनि तत्कालिन जिल्ला विकास समितिले पायक पर्ने बैंकमार्फत भत्ता निकासा गरेको थियो ।
एउटै सचिवले २६ लाख रुपैयाँसम्म अनियमितता गरेको प्रमाण भेटिएपछि बैंकिङ प्रणालीबाट भत्ता वितरण हुँदै आएको थियो । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले लोकप्रियता कमाउन घरघरमै भत्ता बितरण गर्न थालेका थिए । उजुरी परेर छानबिन गर्दा एउटै ब्यक्तिको नाम आठ ठाउँमा राखेको पाइएको थियो । एक सचिवले एकैबर्ष उजुरी परेपछि २६ लाख रुपैयाँ फिर्ता गरेका थिए ।
बर्षेनी एकैसचिवले लाखौ रुपैयाँ सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने गरेका थिए । घोटाला भएको प्रमाणित भएपछि साविकको जिल्ला विकास समितिले नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, गरिमा विकास बैंक, गण्डकी विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बितरण हुँदै आएको थियो ।
बैंकमार्फत भत्ता बितरणको ब्यवस्था मिलाउने क्रममा साविकको जिल्ला विकास समितिका केही कर्मचारी त्यसको ब्यापक बिरोधमा लागेका थिए । तत्कालिन अवस्थामा गाविस सचिवले सामाजिक सुरक्षा बितरण गर्दा बर्षेनी डेढ करोड बढी रकम दुरुपयोग हुँदै आएको पाएको साविकको जिल्ला विकास समितिले नै बताएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000