स्थानीय तहमा धमाधम दर्ता हुँदै ब्यापार, ब्यवसाय

पर्वत, बैशाख २८–जलजलाका ब्यापार, ब्यवसाय गाउँपालिकामा धमाधम दर्ता भएका छन् । दर्ता भएका र नभएका सबै ब्यापार, ब्यवसाय पुनः गाउँपालिकामा दर्ता हुनुपर्ने निर्णयअनुसार गाउँपालिकामा दर्ता हुन थालेका हुन । यसअघि घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएर ब्यवसाय सञ्चालन हुदै आएका ब्यवसायीले जलजला गाउँपालिकामा दर्ता गर्न थालेका हुन । गाउँपालिकाले दर्ताका लागि वडा नम्बर ३ मा बिहिबारदेखि शिबिर नै सञ्चालन गरेको छ । वडा नम्बर ३ पर्वत बेनीमा बिहीबारदेखि ब्यवसाय दर्ताका लागि घुम्ती शिविर सञ्चालन गरिएको र आगामी एकमहिनाभित्रमा गाउँपालिकाभित्र रहेका सबै ब्यापार, ब्यावसाय गाउँपालिकामा दर्ता हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए ।

उनले दर्तामा सहभागी नहुने उद्योगी ब्यवसाय गाउँपालिकाले अनुगमन गर्दा बन्द गराउनसक्ने बताए । उनले नयाँ कानुनले उद्योग, ब्यवसायको दर्ता, नविकरण र नियमनको जिम्मा गाउँपालिकालाई दिएकोले गाउँपालिकाले विगतमा सञ्चालन भएका, दर्ता भएका उद्योग ब्यवसायलाई पनि पुनः गाउँपालिकामा दर्ता गर्ने निति लिइएको जानकारी दिए ।

शिविरको उद्घाटन जलजला गाउँपालिकाका उपाध्यक्ष एवम् राजश्व परामर्श समितिका संयोजक सिमा गर्बुजा पुनले गरिन् । उनले सबैलाई आ–आफ्नो उद्योग, ब्यवसाय गाउँपालिकामा दर्ता गरेर सहयोग गर्न आग्रह समेत गरिन् । पुनले यो अभियानले उद्योगी, ब्यावसायी विकास निर्माणको काममा समेत सहभागिता देखिने बताइन् ।

बजारिक क्षेत्रका उद्योग, ब्यापार, ब्यवसाय विगतमा घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएपनि ग्रामिण भेगमा अधिकांश पसल, ब्यवसाय दर्ता छैनन् । अनिवार्य दर्ता गर्नुपर्ने र त्यो सबैले देखिने ठाउँमा झुण्ड्याउनुपर्ने जलजला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष देबेन्द्रबहादुर भण्डारी (रवि)ले जानकारी दिए । उनले गाउँपालिका स्थानीय सरकार भएको र सबै उद्योग, ब्यापार, ब्यवसायको दर्ता, नविकरण र नियमन गर्ने अधिकार पाएकोले गाउँपालिकाले गरेको निर्णयमा सहभागिता जनाउन आग्रह गरे ।

पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष डिलबहादुर बरुवाल, बरिष्ठ उपाध्यक्ष चित्रराज रेग्मीले गाउँपालिकाको निर्णय मान्न आफुहरु तयार भएको बताए । गाउँपालिकामा दर्ताका लागि अहिले दुई हजार रुपैयाँ तोकिएको छ । पर्वतबेनी, मिलनचोक, मल्लाज, लस्ती जलजलाका प्रमुख बजारिक क्षेत्र हुन । गाउँपालिकाले यसअघि जलजला वडा नम्बर ९ बनौबाट घुम्ती शिविर चलाएर उद्योग, ब्यवसाय दर्ता अभियान सुरु गरेको थियो ।
जलजला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख लिलाधर सुवेदीले गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000