केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि

काठमाडौं, वैशाख १० –कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो नम्बरमा आफ्नो नाम राखेका छन् भने दोस्रो नम्बरमा रामजनम चौधरीको नाम राखेका छन् । भारतेन्दु मल्लिक, मोहम्मद नसिर सिद्धिकी, योगेन्द्र चौधरी, महेश कर्मोचा, गोपाल दहित, यशोदाकुमारी लामा, कृष्णप्रसाद दुलाल, शिवकुमार गुल्माछाने, हरिप्रसाद न्यौपाने, जनक चौधरी, गणेश लामा, मंगल थारू र वीरेन्द्र नेपालीलाई क्रमश सूचीमा राखेका छन् ।

गच्छदारले तयार पारेको सूचीमा पूर्व पर्यटनमन्त्री तथा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देव परेनन् । पार्टी एकीकरणको बेला गच्छदारसँग तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष देवको सम्बन्ध बिग्रिएको थियो । गच्छदारकै निर्देशनमा सिफारिस समितिले उनको नाम नपारेको स्रोतले बताएको छ । स्रोतका अनुसार उनलाई कांग्रेसको कुनै विभागमा सिफारिस गर्ने तयारी छ ।

तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिको सिफारिसअनुसार गच्छदारले सूची तयार पारेका हुन् । गच्छदारनिकट नेता योगेन्द्र चौधरीले केन्द्रीय सदस्य बनाउन १५ जनाको सूची तयार भएको पुष्टि गरे ।

‘३० असोजमा पार्टी एकीकरण गर्दा भएको सहमतिबमोजिम एकीकृत पार्टीको केन्द्रीय सदस्य बनाउन १५ जना नेताको नाम तयार पार्नुभएको छ ।’ चौधरीले नयाँ पत्रिकासँग भने ‘आन्तरिक समितिले गरेको निर्णयलाई नै सिफारिस गर्ने निष्कर्षमा अध्यक्षज्यू (विजय गच्छदार) पुग्नुभएको छ । गच्छदार आमन्त्रित केन्द्रीय सदस्यका रूपमा कांग्रेस कार्यसमिति बैठकमा उपस्थित भइरहेका छन् । बैठकमा आफूले धारणा राख्नुअघि १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउन सिफारिससहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीमा छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000