मुख्यमन्त्री नै लिन्छन् जीवननिर्वाह भत्ता

कालिकोट, चैत २२ - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ ।

सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम  श्रेणी गरी दुई किसिमका भत्ता प्रदान गर्दै आइरहेको छ । शाहीले ६ वर्षदेखि निरन्तर विशिष्ट श्रेणीको घाइतेले पाउने मासिक १२ हजार चार सय रुपैयाँ जीवननिर्वाह भत्ता लिँदै आएका छन् ।

जीवननिर्वाह भत्ता लिने क्रम उनी सभासद् तथा ऊर्जामन्त्री हुँदा पनि कायम थियो । स्थानीय शान्ति समिति कालिकोटले सशस्त्र द्वन्द्वका बेला घाइते भएका एक सय ३४ जनालाई भत्ताका लागि सिफारिस गरे पनि उनीहरूले राहत पाएका छैनन् ।

सरकारले प्रदान गरेको जीवननिर्वाह भत्ता लिनेमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित ६५ जना छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शाहीको राष्ट्रिय वाणिज्य बैंक काठमाडौंको खाता नं. १४३०००२१२८५१० मा हरेक महिना १२ हजार चार सयका दरले चौमासिक रूपमा भुक्तानी दिँदै आएको छ । स्रोतका अनुसार यो वर्षको कात्तिकमा पनि उनको खातामा रकम गइसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000