प्रधानमन्त्रीको भारत भ्रमण: फकाउने रणनीतिमा नयाँदिल्ली

नयाँदिल्ली, चैत १५- नेपाल र भारत दुवै पक्षबाट भ्रमण मिति औपचारिक रूपमा सार्वजनिक नभए पनि नयाँदिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावास प्रधानमन्त्री केपी ओलीको भ्रमण तयारीमा जुटिसकेको छ ।

भ्रमणका एजेन्डा र कार्यसूचीलाई अन्तिम रूप दिन दूतावासका अधिकारीहरू र भारतीय विदेश मन्त्रालयको नेपाल डेस्कका कूटनीतिज्ञबीच दिनहुँजसो भेटवार्ता जारी छ । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

विशेष गरी नौमहिने नाकाबन्दी, त्यसविरुद्ध ओलीले लिएको अडान र त्यसपछिको राजनीतिक परिस्थितिका कारण तीतो बनेको प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको सरकारबीचको सम्बन्ध सुधारमा भ्रमण केन्द्रित हुने बुझाइ दिल्लीस्थित कूटनीतिक मामिलाका जानकारहरूको छ । काठमाडौंमा सोमबार ओलीले ‘भारतसँगको सम्बन्ध अझ प्रगाढ बढाउन आफू दिल्ली जान लागेको’ बताएर यसैको छनक दिएका छन् ।

‘प्रधानमन्त्रीस्तरको भ्रमण आफैंमा महत्त्वपूर्ण घटना’ भएको उल्लेख गर्दै नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुद ‘यसले दुई देशबीचको सम्बन्ध सुधारमा थप योगदान पुग्ने’ ठान्छन् । ‘नयाँ सरकार गठनपछि हुन गइरहेको भ्रमण आफैंमा नयाँ सुरुवात हो,’ उनले भने, ‘बिजनेस र एजेन्डा जेजस्ता भए पनि सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सुखद अवसर हो ।’

भारत सरकारले पनि ओलीको भ्रमणलाई महत्त्वका साथ हेरेको देखिन्छ । नेपाललगायत निकटका छिमेकीसँगको सम्बन्ध बिग्रँदै गएपछि त्यसको प्रभाव घरेलु राजनीतिमा देखिन थालेकाले प्रधानमन्त्री मोदीले सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्न थालेका छन् । विशेषगरी प्रतिपक्षी दलहरूले विदेश नीतिविरुद्ध आक्रामक रवैया अपनाउन थालेकाले यसको असर एक वर्षपछि हुने लोकसभा निर्वाचनमा पर्न सक्ने ठहर गर्दै मोदी छिमेकीसँगको सम्बन्ध सुधारमा केन्द्रित हुन थालेका हुन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000