चीनसँग सम्बन्ध बढाउँदै फोरम, सरकारसँग सशंकित

काठमाडौं, चैत ११ –संघीय समाजवादी फोरम नेपालका १५ जना नेताहरु आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा फोरमका सात सांसद र आठ केन्द्रीय सदस्य त्यसतर्फ जान लागेका हुन् । भ्रमणमा जाने सात सांसदमध्ये ४ जना प्रतिनिधिसभा, दुईजना प्रदेशसभा र एकजना राष्ट्रियसभाका  छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

फोरमको १५ सदस्यीय टोलीको नेतृत्व उपाध्यक्ष रेणु यादवले गर्नेछिन् ।  प्रतिनिधिसभा सदस्यहरु रेणु यादव, प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय जयराम यादव र रणध्वज लिम्बु तथा राष्ट्रियसभा सदस्य रामप्रीत पासवान चीन जाने तय भएको छ ।  त्यस्तै केन्द्रीय सदस्यहरू अर्जुन थापा, सञ्जय सिंह, भूराज राई, रामआशिष यादव, शेषनारायण यादव, दिनेशकुमार यादव र मिलनकुमार यादव चीन जाँदै छन् ।  टोलीको नेतृत्व गर्दै चीन जान लागेकी पार्टी उपाध्यक्ष यादवले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चुनावअघि नै आएको बताइन् । उनले भनिन्, ‘चुनावमा व्यस्त हुनुपरेकाले त्यतिबेला जान सकेनांै । अहिले जान लागेका हौं।’

मधेस केन्द्रित दललाई चीनले प्राथमिकतामा राखेको उनले बताइन् । भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, चीन सरकारका मन्त्री, बेइजिङ महानगरपालिकाका   प्रमुखसँग भेट गर्ने कार्यक्रम छ । सातदिने भ्रमणका लागि निस्किने टोली गोन्जाउ, गुल्याङ हुँदै बेइजिङ पुग्नेछ । टोलीमा सहभागी हुन लागेका सांसद प्रदीप यादवले भने, ‘चीनले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको देखिएको छ ।’

सरकारसँग सशंकित
सरकारमा जान लागेका संघीय फोरमका नेताहरू  प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सशंकित भएका छन्।

संविधान संशोधन गर्ने प्रतिबद्धतामा लिखित सम्झौता गर्न हिचकिचाइरहेकोे भन्दै फोरम नेताहरु सत्तासीन दलप्रति सशंकित भएका हुन् । सोही  कारण पार्टी सरकारमा जान ढिलो भएको फोरमका महासचिव रामसाह यादवले बताए ।  उनले भने, ‘संविधान संशोधन गर्ने लिखित सहमति नभई हामी सरकारमा जान्नौं ।’ लिखित सहमति नभएकै कारण पार्टी सरकारमा नगएको पनि उनले प्रस्ट पारे । उनले भने, ‘अरु कुनै कारण छैन, लिखित सहमति नभएका कारण सरकारमा नगएका हौं।’

प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गरेयता प्रधानमन्त्री र फोरमका अध्यक्षबीच  औपचारिक वार्ता भएको छैन । औपचारिक वार्ता कहिले हुने भन्ने विषयमा आफूलाई जानकारी नभएको महासचिव यादवले बताए ।  सांसद प्रदीप यादवले प्रधानमन्त्रीले सहरी विकास  र खानेपानी मन्त्रालयलाई फुटाएर आफूहरूलाई धोका दिएको आरोप लगाए ।

उनले भने, ‘केपी ओली र प्रचण्डजीले हामीलाई सहरी विकास खानेपानी र स्वास्थ्य मन्त्रालय दिन्छाै भन्नुभएको थियो । तर अहिले उहाँहरुले सहरी विकासबाट खानेपानी मन्त्रालयलाई अलगअलग गर्नुभएको छ ।’  सरकारले फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने आश्वासन दिएको पनि उनले बताए। सरकारले संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नगरेका कारण पार्टी सरकारमा जान ढिला भएको उनले बताए।

फोरमले सरकारमा जाने औपचारिक निर्णय  गरिसकेको छ । तर सरकारमा कसकसलाई पठाउने भन्नेबारे पार्टीले निर्णय गरेको छैन । सरकारमा जान अलमल भएपछि पार्टी अध्यक्ष उपेन्द्र यादव गृहजिल्ला सुनसरी गएका छन् । उनी केही समय उतै रहने कार्यक्रम छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000