स्वास्थ्यमा लापरबाही : उपचारमा कमिसनको जालो !

काठमाडौं, चैत ११ –तपाईं एक्कासि बिरामी हुनुभयो र एम्बुलेन्स बोलाउनुभयो भने त्यसका चालकले चाहेको अस्पतालतिर लैजान सक्छन् । तपाईंले आफैं अस्पताल छान्नुभयो भने उनले तर्क दिएर ‘त्यही अस्पताल राम्रो’ भन्न सक्छन् । त्यति गर्दा पनि मान्नुभएन भने ट्राफिक जाम वा अन्य कुनै बहाना देखाएर आफ्नै रोजाइतर्फ लैजान जोड गर्न सक्छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

अस्पताल, नर्सिङ होम वा क्लिनिक छिरेपछि चिकित्सकले आवश्यकताभन्दा बढ्ता परीक्षण गरउन सक्छन् । आवश्यक नरहे पनि सिटिस्क्यान, एमआरआई, भिडियो एक्सरेलगायत महँगा परीक्षणमा तपाईंलाई बाध्य पारिन सक्छ । आवश्यक अवस्था नभए पनि आईसीयूमा राख्न सक्छन् । वा, आवश्यक समयभन्दा बढी राख्न सक्छन् । आवश्यक नभए पनि शल्यक्रिया गर्ने, सामान्य प्रसवमा समेत आमा र गर्भस्थ शिशुको ज्यान जोखिममा रहेको भन्दै शल्यक्रियाको प्रयास गर्नेमा तपाईं पनि पर्न सक्नुहुन्छ ।

उपचारअन्तर्गत अनावश्यक, आवश्यकताभन्दा बढी वा खास कम्पनीको अत्यधिक महँगो औषधि लेख्नेजस्ता समस्या भोग्नुपर्न सक्छ । सबैभन्दा ठूलो कुरा त– अस्पताल वा चिकित्सकले तपाईंलाई विदेश रेफरका नाममा ‘बेच्न’ पनि सक्छन् । यो सबै कमिसनको चक्कर हो । यो एम्बुलेन्स वा ट्याक्सीबाट सुरु भएर विदेशका अस्पतालसम्म जेलिएको हुन्छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ स्वयं भन्छन्, ‘उपचार प्रक्रियाअन्तर्गत कमिसनको कुरै गरेर साध्य छैन, बिरामी पठाउनेदेखि लिएर औषधि लेख्ने, विभिन्न परीक्षण गर्ने, आईसीयूमा राख्ने सबैमा कमिसन छ ।’

उपचार विधिमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको जनाउँदै डा. श्रेष्ठले शल्यक्रिया गर्दा यति प्रतिशत दिने, आईसीयूमा पठाएबापत यति दिने, निजीमा बिरामी ल्याउने एम्बुलेन्सलाई उति दिनेजस्ता विकृतिले स्वास्थ्य क्षेत्रलाई डामाडोल पार्न लागेको बताए । ‘

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000