फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालय!

काठमाडौं, चैत २ –प्रधानमन्त्री केपी ओलीले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। सरकार गठन भएको एक महिनापछि उनले संघीय समाजवादी फोरमलाई समेत समेट्दै सरकारलाई पूर्णता दिन लागेका हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनपछि सरकारलाई पूर्णता दिने योजना बनेपछि संघीय समाजवादी फोरमसँग राजनीतिक सहमति गर्ने तयारी लम्बिएको थियो।

तर, बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्रीले फोरमलाई समेत समेटेर दुई दिनभित्रै सरकारलाई पूर्णता दिने निष्कर्ष निकालेका हुन्।

अब फोरमसँग निर्णायक वार्ता गरेर सरकार विस्तार गर्ने तयारी छ। माओवादी केन्द्रले पार्टीका तर्फबाट सहभागी हुने पाँचै मन्त्रीको नाम छनोट गरिसकेको छ।

३ फागुनमा प्रधानमन्त्री बनेका ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए।एमालेले प्रधानमन्त्री कार्यालयसहित १० तथा माओवादीले ७ मन्त्रालय राखेर फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालयसँगै एक राज्यमन्त्री दिने प्रधानमन्त्री ओली र प्रचण्डबीच मोटामोटी समझदारी भएको छ।

यो समझदारीलगत्तै फोरमसँग राजनीतिक सहमतिका लागि अन्तिम ‘निर्णायक वार्ता’ टुंग्याएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री लागेको उनीनिकट एक नेताले बताए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000