मुख्यमन्त्रीहरूसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री

काठमाडौं, चैत २ –प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारलगत्तै सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बस्ने तयारी गरेका छन् । कानुन र समन्वय तथा बजेट एवं कर्मचारी अभावले प्रदेश सरकार अन्योलमा देखिएकाले प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने गृहकार्य गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र शेरधन राईसँग एकसरो छलफल गरिसकेका छन् । प्रदेश सरकार गठनपछिका अनुभव र चुनौतीबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराए ।  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बोलाउने तयारी गरेका छन् ।

कानुन र समन्वय तथा बजेट एवं कर्मचारी अभावले प्रदेश सरकार अन्योलमा देखिएकाले प्रधानमन्त्रीले सातै मुख्यमन्त्रीसँग छलफलका लागि बैठक बोलाउने गृहकार्य गरिरहेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र शेरधन राईसँग एकसरो छलफल गरिसकेका छन् ।

प्रदेश सरकार गठनपछिका अनुभव र चुनौतीबारे मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई जानकारी गराए । ‘केन्द्र सरकार र प्रदेश सरकारका काममा एकरूपता ल्याउन, आवश्यक कानुन निर्माणलाई तीव्रता दिन समन्वयका लागि प्रधानमन्त्रीज्यूले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बोलाउने तयारी गनुभएको छ,’ प्रदेश १ का मुख्यमन्त्री राईले भने, ‘सम्भवत एक साताभित्रै बैठक बोलाउनुहुनेछ ।’,यो खबर आजको नयाँ पत्रिकामा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000