बिहे गर्न नमान्दा युवतीमाथि तातो घिउ

कञ्चनपुर, चैत १ –आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन्। यो खबर भवानी भट्टले आजको कान्तिपुरमा लेखेका छन्।

भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५, वनगाउँकी २३ वर्षीया सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन्।

राकेशले सुनिताको आँखा औंलालले घोचिदिनुका साथै शरीरमा तातो घिउ खन्याइदिएका छन्।

तातो घिउले शरीरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ।

महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतिलाई धनगढीको गेटा आँखा अस्पताल रिफर गरिएको छ। वनगाउँका महिला जिल्ला प्रहरी कार्यालय पुगेर दोषीलाई पक्राउ गरी कडा कार्वाहीको माग गरेका छन्।

एसपी डिल्लीराज विष्टले दोषीको खोजी भइरहेको र उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरिएको बताए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000