अध्यक्षको हत्या प्रयास भएको जलजला गाउँपालिकाको दाबी, तत्काल दोषी पत्ता लगाएर कारबाही गर्न माग


पर्वत, फागुन ३०–जलजला गाउँपालिकाले अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को गाडीमा बम राखेर हत्या प्रयास गरिएको दाबी गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सिमा पुनसहित नौ वटै वडाका अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्षको नियोजित रुपमा हत्या गर्ने मनसायले बम राखिएको दाबी गरेका हुन ।
‘यो तर्साउनका लागि राखिएको बम होइन, नियोजित रुपमा अध्यक्षको हत्या गर्ने मनसाय देखिन्छ’ गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष देबिन्द्रबहादुर भण्डारीले भने । उनले गाउँपालिकाका अध्यक्षको सवारीमा बम राखेर उहाँले भाडामा लिएको एक्साभेटरमा आगो लगाइएको बताए ।
‘एक्साभेटरमा आगो लगाएपछि गाउँपालिकाका अध्यक्ष आफ्नो गाडी लिएर जाने र गाडी चलाउने क्रममा बम बिष्फोट हुने सेटिङ मिलाएको देखिन्छ’ भण्डारीले भने–‘धन्न अध्यक्ष मल्ल घरमा नभएका कारण त्यो घटना हुन पाएन ।’ जलजला ८ का वडा अध्यक्ष हरिविकास जिसीले अध्यक्षको नियोजित रुपमा हत्या गर्ने उद्देश्यले बम राखिएको बताए ।
‘घटनाको प्रकृति हेर्दा हत्या गर्ने षडयन्त्र नै देखिन्छ, यो घटना आम जनप्रतिनिधि र आम नागरिकको सुरक्षासँग जोडिएको छ’ उनले भने । गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले गाडीमा बम राख्ने र एक्साभेटरमा आगो लगाउने घटनाले असुरक्षा बढाएको बताइन् । उनले तत्काल दोषी सार्वजनिक गरी कारबाही गर्न माग पनि गरिन् ।
गाउँपालिकाले घटना भएको तीन दिन हुँदासमेत प्रहरी प्रशासनले घटनामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्न नसकेकोमा गुनासो गर्दै तत्काल दोषी पत्ता लगाउन माग गरेको छ । ‘सवारीमा बम राख्ने, विकास निर्माणका लागि ल्याइएको एक्साभेटर जलाउने कार्यले जनप्रतिनिधिमात्रै होइन सर्बसाधारण र ब्यावसायिक स्वतन्त्रतालाई नै आतंकित बनाएको छ’ जलजला ४ का वडा अध्यक्ष भिष्म मल्लले भने ।
मंगलबार बिहान जलजला गाउँपालिकाका अध्यक्ष मल्लको कुश्मा नगरपालिका १ सहस्रधारास्थित घरमा पार्किङ गरिराखेको गाडीमा अज्ञात समुहले बम राखेको थियो । रातो प्लाष्टिकले बेरिएको अवस्थामा भेटिएको प्रेसर कुकुर बम नेपाली सेनाले निष्क्रिय पारेको थियो । त्यस्तै मंगलबार बिहान करिब १ बजे जलजला गाउँपालिका वडा नम्बर ८ मा ग१क ३६३७ नम्बरको एक्साभेटर (जेसिबी)मा अज्ञात समुहले आगजनी गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000