प्रतिपक्षी नेतालाई किन भेटेनन् अब्बासीले ?

काठमाडौं, फागुन २३–पाकिस्तानी प्रधानमन्त्री अब्बासीेले प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका नेता प्रचण्डसँग भेटवार्ता गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेनन् । सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रिभोजमा पनि देउवा गएनन्, बरु कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई पठाए । अब्बासी र गच्छदारबीच रात्रिभोजमा लामो अनौपचारिक कुराकानी भएको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

अब्बासीले प्रतिपक्षीसँग औपचारिक भेट नभएको विषयमा सोमबार पत्रकारहरूसँग भने, ‘मैले डिनरका क्रममा सबैभन्दा बढी समय प्रतिपक्षी दलका नेतासँग व्यतीत गरेँ । पाकिस्तानको राजनीतिमा हामी लामो समय विपक्षमा बसेका छौँ, त्यस हिसाबले पनि प्रतिपक्षीसँग हामी नजिक हुन्छौँ ।’ तर, औपचारिक भेटको सूचीमा देउवासँगको भेटलाई राखेनन् । परराष्ट्रका एक अधिकारीले भने, ‘पाकिस्तानी प्रधानमन्त्री आफ्नै सूचीअनुसार आउनुभयो, प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटबाहेक अन्य भेटवार्ता हुने वा नहुनेमा हाम्रो भूमिका रहेन ।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000