सत्ता बाँडफाँट टुंगो आइतबार

काठमाडौं,फागुन १९ –एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवबीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने भएको छ । प्रधानमन्त्री ओली दुई पार्टीबीच बाँडफाँटको टुंगो लागेपछि आइतबारै सरकारलाई पूर्णता दिने तयारीमा छन् ।आजको अन्नपुर्णमा खबर छापिएको छ ।

फोरमले मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो । यादवले मन्त्रिपरिषद्मा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राख्दै आए पनि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ नदिएको फोरम नेताहरूले बताएका छन् । ‘म दुई–दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने कारण राख्दै यादवले भनेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने भएकाले आइतबारसम्म सरकारले पूर्णता पाउन सक्ने बताए । उनले भने,‘‘संविधान संशोधनमा एमाले ओपन छ ।’ फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकास–निर्माण र जनतासँग सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए । ‘कुन मन्त्रालय भन्ने निश्चित भइसकेको छैन’, उनले भने, ‘पहिचानका मुद्दा मिलाउनुपर्छ । त्यसलाई व्यवस्थापन गर्न अलिकति समय त लागिहाल्छ । फेरि कसैले कसैमाथि धोका दिने काम गर्नु हुँदैन भन्नेमा ठोस प्रतिबद्धता खोजिएको छ ।’

फोरम र राजपाले १३ महिने मधेस आन्दोलन र सातमहिने नाकाबन्दीका समयमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल मुद्दा उठाएका थिए । तर, अहिले जनमत आफ्नो पक्षमा नआएको र एमालेको विगतको व्यवहारका कारण संविधान संशोधन हुनेमा शंका उब्जिएको फोरम महासचिव रामसहाय यादव बताउँछन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000