एकल संक्रमणीय सिक्दै आयोग

काठमाडौं, पुस २७ –निर्वाचन आयोगमा बुधबार अपराह्न मतगणना भइरहेको थियो। मेञ्चमा मत गणना गर्नेहरू थिए भने त्यसको ठीक तल उम्मेदवारहरू लहरै कुर्सीमा बसेर कागजमा आफू र आफ्ना प्रतिस्पर्धीले पाएको मत टिपिरहेका थिए। टेबलमा दुई रङका मतपेटिका थिए। लहरै प्रदेशअनुसारका उम्मेदवार पनि। यो खबर गोविन्द लुइँटेलले आजको अन्नपूर्णमा लेखेका छन्।

जितिन्छ कि हारिन्छ ? मतगणनास्थलमा उम्मेदवारहरू उत्सकुताका साथ बसिरहेका थिए। गणनास्थलमै तत्काल प्राप्त मत कोटाभन्दा थोरै पाए पनि मत संक्रमण गर्दा उम्मेदवार विजयी भए। बराबर मत पाएकालाई तत्कालै गाई र त्रिशूल विधि (गोला) विधिबाट निर्वाचित घोषणा गरियो। विजयीलाई बधाई पनि ज्ञापन गरियो। बन्द कोठाभित्रै तात्तातै जनमत बुझ्ने कामप्रति सबैको उस्तै उत्साह देखिन्थो।

स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि पनि आयोगमा तीन दिनयता यसरी मतणना भइरहेको छ। एकल संक्रमणीय विधिबाट मतगणना कसरी गर्ने भन्नेबारे कर्मचारीलाई ज्ञान दिन आयोगमा भइरहेको तालिम रोचक थियो। मतदाता र गणक गरी दुई दर्जन कर्मचारीलाई यस्तो विधिको बारेमा आयोगका विज्ञ देवेन्द्रलाल काररञ्जितले तीन दिनयता सिकाइहेका छन्।

एकल संक्रमणीय प्रणालीमा कसरी मत हालिन्छ र कसरी गणना गरिन्छ भन्नेबारे धेरै अनविज्ञ छन्। त्यही कारण पनि अगामी माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले एकल संक्रमणीय विधिबाट निर्वाचन गराएरै गणना विधिबारे बुझाउने काम गरिरहेको प्रवक्ता नवराज ढकालले बताए। तथ्यांक विभागका कर्मचारीलाई मतगणना कसरी गर्ने र मत कसरी टन्सर्फर गर्र्ने आदि विधिबारे राम्रोसँग बुझाउने काम भइरहेको छ।

कर्मचारी पनि यस्तो तरिकाबारे जिज्ञासु देखिन्थे। तथ्यांकशास्त्रमा ज्ञान भएकाले मात्रै यसलाई राम्रोसँग प्रयोग गर्न र बुझाउनसक्ने भएकाले पनि तथ्यांक विभागकै कर्मचारीलाई मतगणनामा समावेश गर्न लागिएको आयोगको भनाइ छ। ‘यो नौलो विधि भएकाले पहिले जनशक्तिलाई बुझाउन जरूरी छ। अनि मात्रै उनीहरूले अरूलाई बुझाउन सक्छन्’, ढकालले भने। उनका अनुसार मुख्य निर्वाचन अधिकृत र उम्मेदवारका लागि पनि यसबारे तालिम दिइनेछ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000