यस्तो रह्यो डा. केसीको अदालतमा ८ घण्टा र हिरासतमा १२ घण्टा

काठमाडौं, पुस २६ –सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो । सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै बसे । उनी अनशनमै रहेकाले दुई चिकित्सक पनि औषधिसहित सँगै थिए । उनीहरूले केसीको ब्लडप्रेसर जाँच गरिरहेका थिए । केसी अदालतभित्र प्रवेश गरेपछि बाहिर समर्थक र शुभचिन्तकको भिड लागेको थियो । सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

१०ः३० मा अदालतको इजलास खुल्यो । तर, ११ बजेसम्म केसी आराम गरेर बसिरहे । ११ बजे इजलास नम्बर २ मा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे उपस्थित भए । केसी अस्वस्थ भएकाले आधा घन्टासम्म इजलास अघि बढ्न सकेन । साढे ११ बजे न्यायाधीशसमक्ष बयानका लागि उनी तयार भए । करिब डेढ घन्टापछि १ बजे ‘टिफिन ब्रेक’मा डा. केसी आराम गरेर बसे । २ बजेबाट पुनः इजलास सुरु भयो । ४ बजेसम्म बयान लिएपछि इजलास बन्द भयो । केसीलाई इजलासबाट निकालेर ४ः१५ बजे प्रहरी एम्बुलेन्समा राखियो । त्यहीँ उनको प्रेसर चेकजाँच गरियो । ५ः१५ बजेसम्म एम्बुलेन्समै राखियो । त्यसपछि केसीलाई लिएर प्रहरीको एम्बुलेन्स वीर अस्पताल पुग्यो ।

त्रिवि शिक्षण अस्पतालपरिसरबाट सोमबार साँझ ८ बजे पक्राउ गरेर डा. गोविन्द केसीलाई सीधै सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा लगिएको थियो । नेपाल प्रहरी अस्पतालको एम्बुलेन्समा प्रहरीका चिकित्सक टोली पनि साथैमा थिए । केसीलाई वृत्तको कार्यालय भवनको माथिल्लो कोठामा राखियो, जहाँ व्यवस्थित सुत्ने खाट, ओढ्ने, ओछ्याउने व्यवस्था छ । विगतमा पक्राउ परेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमुखहरूलाई पनि त्यही कोठामा राखिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000