निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडौं, पुस २३ –प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयाक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् ।

आर्थिक अनियमितता छानविन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख निर्वाचन आयुक्त यादवले आयोगमै बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ ।

तीनजनाबीच आयोगमा के विषयमा छलफल भयो भन्ने गोप्य राखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अनौपचारिक भेटघाट भएको बताए ।

‘चिया, कफि गफ हो । एकदुई महिनामा यसरी भेट हुने प्रचलन छ’, उनले भने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000