बाबुराम पनि बालकोटमा

काठमाडौं, पुस ११ –नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको अन्नपूर्णसँग दाबी गरे ।

बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् । ‘प्रचण्ड र ओली दुवैलाई गोरखाबाटै टेलिफोनमा बधाई दिनुभएको थियो, ओलीले भेटेर कुरा गरौं भन्नुभएकाले बधाई दिन आउनुभएको हो,’ ती सहयोगीले भने ।

भट्टराईले चुनावी जितका लागि बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए । उनले सत्ता गठबन्धनमा सहयोग गर्नेबारे केही कुरा नभएको जिकिर गरे ।

‘गठबन्धनको कुरा अहिले गरिएन, राष्ट्रियसभा अध्यादेशको अड्चन खुलाउन सहमति जुटाउन सल्लाह दिएँ’, भट्टराईले अन्नपूर्णसँग भने, ‘मैले अरू कुनै आकांक्षा राखेको भन्ने सही होइन, अहिले त्यस्तो कुरा गर्नु उपयुक्त हुन्न ।’

ओलीले अध्यादेशमा देउवाले सल्लाह नगरी एकलौटी गरेको टिप्पणी गरेको भट्टराईले बताए ।

एमाले-माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको छ । असोज १७ गते वाम गठबन्धन घोषणा हुँदा ओली-दाहालसँगै उभिएका उनी केही दिनमै कांग्रेससँग मोर्चाबन्दी गरेर चुनाव लड्ने निर्णयमा पुगेका थिए । नयाँशक्तिबाट चुनाव जित्ने उनी मात्रै हुन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000